एजेन्सी – शुक्रबारमात्रै कोरोना भाइरसका कारण ८६ व्यक्तिको मृत्यु भएको छ ।संक्रमण सुरु भएपछि एकैदिन मृत्यु हुने यो सबैभन्दा ठूलो संख्या हो । शुक्रबार अबेर प्रकाशित तथ्यांक अनुसार रोगबाट ३४,४०० भन्दा बढी संक्रमित भइसकेका छन् । यी तथ्यांकले कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न लागि परेका अधिकारीलाई केही निराश बनाएको छ । चीनमा अहिले भाइरसबाट प्रभावित शहरमा
काठमाडौं – आफूविरुद्धको महाभियोगमा साक्षी बसेका दुई अधिकारीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बर्खास्त गरेका छन् । माथिल्लो सदनमा पेस भएको महाभियोगबाट सफाइ पाएको दुई दिनपछि ट्रम्पले आर्मीका लेफ्टिनेन्ट जर्नेल अलेक्जेन्डर भिडम्यान र युरोपियन युनियनका लागि अमेरिकी राजदूत गार्डन सोडल्यान्डलाई बर्खास्त गरेका हुन् । ह्वाइटहाउसले सुरुमा भिडम्यानलाई बर्खास्त गरेको जनाएको थियो । तर, त्यसको केही समयपछि
काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध त्यहाँको माथिल्लो सदनमा पेस भएको महाभियोग प्रस्ताव अस्वीकृत भएको छ । अमेरिकाको माथिल्लो सदन ९सिनेट०मा बुधबार भएको मतदान प्रक्रियाबाट ट्रम्पले सफाइ पाएका हुन् । बीबीसीका अनुसार शक्तिको दुरुपयोग गरिएको अभियोगमा ट्रम्पको पक्षमा ५२-४८ मत परेको छ । त्यस्तै अमेरिकी संसद् कंग्रेसलाई अवरुद्ध तुल्याएको अभियोगबाट पनि ट्रम्पले सफाइ पाएका छन्
काठमाडौं – चीनले सोमबार कोरोना भाइरसको विषयमा अमेरिकाले अनाश्यक डर, त्रास फैलाएको आरोप लगायो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिंगले अमेरिकाले रोग नियन्त्रणको प्रयासमा ठोस सहायता गर्नुको सट्टा स्थितिलाई भयावह बनाउने काम गरेको आरोप लगाइन् । ‘अमेरिका पहिलो देश हो जसले चीनस्थित दूतावासका कर्मचारीलाई फिर्ता बोलाउने र चीन भ्रमण गरेर फर्केका यात्रुलाई आफ्नो देश
काठमाडौं – भारतले प्याज निर्यातमा बन्देज लगाएपछि नेपाली व्यवसायीहरुले चीनबाट आयात बढाएका छन् । चालु आर्थिक वर्षको ५ महिनामा चीनबाट मात्रै १० लाख किलो सुकेको प्याज आयात भएको भन्सार विभागले जनाएको छ । यस अवधिमा नेपालमा कुल १८ लाख ३५ हजार २८२ किलो सुकेको प्याज आयात भएको थियो । जसमध्ये १० लाख ६५ हजार ९१
काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आक्रामणबाट मानवीय क्षति नभएको दाबी गरेका छन् । साथै उनले इराकस्थित आफ्नो सैन्य बेसक्याम्पमा आक्रमण गरेर इरानले निच व्यवहार देखाएको टिप्पणी पनि गरेका छन् । अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप अमेरिकी सेनाको इराकस्थित इरबिल र अल–अस बेसक्याम्पमा दर्जन बढी
काठमाडौं – भारतसँगको सीमा विवाद चर्कीरहेका बेला नेपाल र चीनबीच सीमा व्यवस्थापनबारे छलफल भएको छ । चीन भ्रमणमा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र चिनियाँ पब्लिक सेक्युरिटी मन्त्री तथा स्टेट काउन्सिलर झाउ केझीबीच सोमबार बेइजिङमा दुई देशको सीमा व्यवस्थापनबारे छलफल भएको हो । सरकारले गत कात्तिक २९ गते नेपाल चीन अन्तराष्ट्रिय निरीक्षण समिति बनाएको छ
काठमाडौं – भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान हुँदा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मारिनेमा गोरखाका अर्जुन थापा मगर रहेका छन् । जम्मु कश्मिरको लाइन अफ कन्ट्रोलमा बुधबार भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान हुँदा भारतीय सैनिकको ज्यान गएको थियो । तीमध्ये एक गोरखाका थापा मगर रहेको भारतीय सेनाका प्रवक्ता देवेन्द्र
सिड्नी / अंग्रेजी नया वर्ष रमाइलो र अर्थपूर्ण रुपमा नेपालमा मनाउन सयौं अस्ट्रेलियन पर्यटक नेपाल पुगेका छन् । उनीहरु मध्ये धेरै नेपाली मुलका अस्ट्रेलियन पर्यटक छन् । नयाँ वर्ष २०२० को जनवरी १ को अस्ट्रेलियन समय (सिड्नीरक्यानबेरा) अनुसार बिहान नौ बजेसम्म अस्ट्रेलिया संस्करणको सम्पर्कमा आएका केही अस्ट्रेलियन पर्यटकहरुले आफ्नो नेपाल बसाइँ कसरी महत्वपूर्ण बनाउँदै छन्
काठमाडौं-सोमालियामा कार बम विस्फोट हुँदा कम्तीमा ७६ जनाको ज्यान गएको छ । ९० भन्दा बढी घाइते भएका छन् । बिहानको व्यस्त समयमा राजधानी मोगादिशुको चेकपोस्ट नजिकै बम विस्फोट भएको हो । प्रत्यक्षदर्शीहरूले बताएअनुसार, सडक निर्माण कार्यमा जुटिरहेका टर्किस इन्जिनियरहरू नजिकै विस्फोट भएको थियो । सोमालियाका विदेश मन्त्री अहमद अवाडले ट्विट गर्दै मारिनेमध्ये दुई टर्किस इन्जिनियर