
काठमाडौं- नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज (बुधबार) चुनाव हुँदैछ । पटक-पटक सारिएको मतदान आज बिहान ८ बजे सुरु हुन लागेको हो । मतदान एमालेको ११औँ महाधिवेशन जारी काठमाडौँको भृकुटीमण्डपमा विद्युतीय भोटिङ मेसिनमार्फत हुनेछ । रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान गरिने एमालेको निर्वाचन आयोगले जनाएको छ । एमाले प्रतिनिधिलाई आज बिहान भृकुटीमण्डपमा उपस्थिति हुन भनिएको छ ।
एमाले नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा हुनुहुन्छ ।