Tuesday 4th May 2021

    बदमास गायक चिरञ्जिवी भण्डारी फेरी हरामी बने (भिडियो सहित)    बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको अर्को सात बुँदे निर्देशन    कैलालीमा दुई कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ    संक्रमितलाई बेड दिन सकिँदैन भन्दै सरकारले उठायो हात    काभ्रे र भक्तपुरको नाका साँगामा उपत्यका प्रवेश गर्ने सवारी साधनमा कडाइ

शिक्षा / स्वास्थ्य

कैलालीमा दुई कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ

कैलालीमा थप दुई कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको गए राति कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै जिल्लाको लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया कोरोना सङ्क्रमित महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय

संक्रमितलाई बेड दिन सकिँदैन भन्दै सरकारले उठायो हात

काठमाडौं -काठमाडौं उपत्यकासहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेको छ, ‘स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ ।’ मन्त्रालयको शुक्रबारकै तथ्यांकअनुसार हाल ३६ हजार १३५ सक्रिय संक्रमित होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा २६७८ जना छन् भने

काभ्रे र भक्तपुरको नाका साँगामा उपत्यका प्रवेश गर्ने सवारी साधनमा कडाइ

 काभ्रेपलान्चोक – कोरोना भाइरस(कोभिड–१९) तिब्र गतिमा फैलिरहेको अवस्थामा भाइरसको संक्रमण रोकथाम र न्युनिकरणका लागि काभ्रे र भक्तपुरको नाका साँगामा उपत्यका प्रवेश गर्ने सवारी साधनमा कडाइ गरिएको छ । अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधाज्ञा जारी गरेपछि प्रहरी प्रशासनले उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाइ गरेपछि उपत्यका छिर्ने पूर्वी साँगा नाका सुनसान भएको छ

संकटको संकेत सुदूरपश्चिममा अस्पताल भरिएर ग्यालरीमा समेत उपचार सुरु

धनगढी – झ्याल बाहिर अक्सिजनका सिलिण्डर । इमर्जेन्सी वार्डमा रहेका सबै शय्या भरिभराउ । ग्यालरीमा समेत बेड राखेर अक्सिजन सपोर्टमा बिरामीको उपचार भइरहेको छ । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा रहेको प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालमा पुग्ने जो–कोहीले यही दृश्य देख्न सक्छ । कतिपय बिरामी त अक्सिजन समेत नपाएर तड्पिरहेको हृदयविदारक दृश्य पनि देख्न सकिन्छ ।

सुदूरपश्चिममा एक वर्षीया बालिकासहित चार संक्रमितको मृत्यु

धनगढी –  एक वर्षीया बालिकासहित सुदूरपश्चिममा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरु अछाम, कैलाली र कञ्चनपुरका छन् । अछामको बयलपाटा अस्पतालमा उपचाररत एक वर्षीया बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ६ दिन पहिले अभिभावकसँगै भारतबाट स्वदेश फर्किएकी अछामको कमलबजार नगरपालिका ७ की ती बालिकाको उपचारका क्रममा बिहीबार साँझ

निषेधाज्ञामा आजदेखि थप कडाइ

काठमाडौं – सरकारले निषेधाज्ञा जारी भएका जिल्लाहरूमा आजबाट थप कडाइ गर्न थालेको छ । पहिलो दिनमा केही खुकुलो गरिए पनि अब कडाइ गरिने गृहमन्त्रालयका अधिकारीको भनाइ छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले काठमाडौं उपत्यकामा पहिलो दिन निषेधाज्ञा केही खुकुलो बनाए पनि आजबाट कडाइका साथ पालना गराइने बताए ।ट्राफिक जामका कारण बाटोमै अड्किएका गाडी र

‘कोरोना त्रासकै बीच मौसमी फ्लु आयो, हेलचेक्र्याइँ नगरौं’

हिजोआज विभिन्न उमेरसमूहका व्यक्तिहरुमा घाँटी दुख्ने, ज्वरो आउने, रुघाखोकी जस्ता समस्या धेरै देखिन थालेको छ । एकातिर यो समस्या बढ्दैछ भने अर्काेतिर कोरोनाका संक्रमितहरुको संख्या समेत यही समयमा बढेका कारण यो लक्षण कतै कोरोनाकै संकेत त होइन ? भन्नेमा धेरैलाई चिन्ता बढ्ने गरेको छ । अहिले सरकारले कोरोनाका कारण शहरी भेगका विद्यालय बन्द गर्न निर्देशन

सावधानी तथा सतर्कता अपनाउनुहोस : राजदूत र्यान्डी बेरी

काठमाडौं – अमेरिकी राजदूत र्यान्डी बेरीले नेपालमा कोरोना संक्रमण बढिरहेको अवस्थामा नेपालीलाई सावधानी तथा सतर्कता अपनाउन सुझाव दिएका छन् । नेपाली भाषामै ट्वीट गर्दै उनले भनेका छन्, ‘कृपया सबैजना मास्क लगाउनुहोस् र सकेसम्म घरमै बस्नुहोस् ।’उनले कम्तीमा दुई मिटर सामाजिक दूरी कायम राख्न र राम्रो भेन्टिलेसन नभएका तथा भिडभाड भएका क्षेत्रमा नजान पनि सुझाव दिएका

होम आइसोलेसनमा बस्नेले खाना र स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने कुराहरू

मुलुकमा कोरोना अनियन्त्रित हुँदैछ । दैनिक हजारबढी संक्रमितको संख्या थपिएसँगै सरकारले समेत केही गतिविधिमा प्रतिबन्धात्मक व्यवस्था सुरु गरेको छ । संक्रमितको लागि स्वास्थ्य संस्थामा क्षमता अभावको विषयमा चर्चा सुरु हुन थालेको छ । गत वर्षजस्तै यो वर्ष पनि अस्पतालको अभावले होम आइसोलेसनमा बस्नु पर्ने अवस्था देखिएको छ । तर घरमा नै आइसोलेसनमा बस्ने बिरामीहरूले कस्तो

थप ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं – पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ । १२ हजार ४ सय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९३ एन्टिजेन परीक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको