काठमाडौं – चीनमा कोरोना भाइरसका संक्रमित राखिएको पाँचतले क्वारेन्टाइन भवन भत्किँदा ४ जनाको ज्यान गएको छ । क्वारेन्टाइन भवन भत्किएर फसेका २२ मध्ये ४ जनाको ज्यान गएको हो । चीनको क्वानझोऊमा रहेको पाँचतले सिन्जा होटल शनिबार भत्किएको हो । अझै भग्नावशेष भवनमा मानिसहरू फसिरहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ । चीनको सरकारी माध्यमलाई
वासिङ्टन — कोरोना भाइरस (कोभिड–१९)संक्रमणले पहिलोपटक ७१ वर्षीय एक वृद्धको मृत्यु भएपछि अमेरिकाको क्यालिफोर्नियामा आपत्काल घोषणा गरिएको छ । क्यालिफोर्नियामा मृत्यु भएका वृद्ध व्यक्तिले सान फ्रान्सिस्को हुँदै मेक्सिको पुगेको ग्रान्ड प्रिन्सेस नामको पानीजहाजमा यात्रा गरेका थिए । उनी केही दिनदेखि स्याक्रामान्टो अस्पतालमा उपचाररत थिए । पानीजहाजमा रहेका करिब एक सय यात्रुको स्वास्थ्य परीक्षण गरिएको छ । क्यालिफोर्निया एयर
थिम्पु — भुटानमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । भुटानको स्वास्थ्य मन्त्रालयले भुटानमा रहेका एक अमेरिकी नागरिकमा बिहीबार कोभिड–१९ संक्रमण भेटिएको जानकारी दिएको छ । भुटान भ्रमणमा आएका ७६ वर्षीय अमेरिकी नागरिकमा भाइरसको संक्रमण देखिएको द भुटनिजले जनाएको छ। उनी ड्रुक एयरमार्फत भारतको गुवाहटी हुँदै भुटानको पारो विमानस्थलमा मार्च २ मा ओर्लिएका
नयाँदिल्ली — कोरोना भाइरस (कोभिड–१९)को प्रकोप बढ्दै गएपछि दिल्ली सरकारले ३१ मार्चसम्मका लागि कक्षा पाँचसम्म पढाइ हुने सबै प्राथमिक विद्यालयलाई बन्द गर्ने निर्णय गरेको छ ।दिल्लीका उपमुख्यमन्त्री एवं शिक्षामन्त्री मनीष सिसोदियाले बालबालिकामा कोभिड–१९ को संक्रमण फैलन नदिन सरकारी र निजी सबै प्राथमिक विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएका छन् । ‘बालबालिकामा भाइरस संक्रमण फैलन नदिन सरकारले ३१
मुम्बई – कोरोना भाइरसको त्रास विश्वमा दिन प्रतिदिन बढ्दो छ । यो भाइरसबाट ३ हजार बढीको ज्यान गइसकेको छ । यसैगरी यो भाइरस भारतमा पनि देखिएको छ भने बलिउड सेलिब्रेटीमा पनि त्रास देखिएको छ । त्यसकारण पनि केही सेलिब्रेटीले आफ्नो पूर्व निर्धारित कार्यक्रम नै परिवर्तन गरेका छन् । दीपिका पादुकोण कोरोनाका कारण बलिउड अभिनेत्री दीपिका
काठमाडौं – भारत, इन्डोनेसिया र थाइल्याण्डले कोराना भाइरस (कोभिड १९ ) पुष्टि गरेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दक्षिण एसियाली देशहरूलाई सतर्कता बढाउन र रोकथामका उपायहरू सुनिश्चित गर्न आग्रह गरेको छ । डब्लूएचओका दक्षिणपूर्वी एसिया क्षेत्रका क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले एक विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् । डब्लूएचओले दक्षिण एसिया
पेरिस — कोरोना भाइरसबाट संक्रमित भएको आशंकामा तीन नेपालीलाई फ्रान्सेली प्रहरीले नियन्त्रणमा लिएर पार्पिर्निँयो अस्पतालमा भर्ना गरेको छ । इटालीबाट स्पेन हुँदै फ्रान्स आइपुगेका उनीहरूलाई संक्रमणको लक्षण देखिएको भन्दै गत बुधबार ओरियन्तालस्थित पेर्तुसको सीमा रक्षक प्रहरीले नियन्त्रणमा लिएको थियो । फ्रान्सको आवासीय इजाजत नभएकाले उनीहरूको नाम सार्वजनिक नगरिएको पेर्तुसस्थित प्रहरीले जनाएको छ । स्पेनको कातालोन्य क्षेत्रका प्रहरीले नियन्त्रणमा
काठमाडौं – कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट बहराइनसमेत प्रभावित भएपछि त्यहाँ रहेका नेपालीहरु त्रसित भएका छन् । बहराइनमा ३२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ । नेपालीहरु संक्रमित छन् कि छैनन् भन्नेचाहिँ खुलेको छैन । बहराइन नेपालीहरुका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमध्ये एक हो । बहराइनमा २० हजारभन्दा बढी नेपालीहरु रहेको अनुमान छ । बहराइन
दिल्ली — भारतको राजधानी नयाँ दिल्लीमा एकजना भारतीयमा कोभिड-१९ को संक्रमण रहेको पुष्टि भएको छ । यस्तै तेलंगानाका अर्का एकजना भारतीयमा समेत भाइरसको संक्रमण रहेको पुष्टि भएको भारतीय सरकारी सञ्चार संस्थान पीआईबीले जानकारी दिएको छ । पीआईबीका अनुसार दिल्लीमा भाइरसको संक्रमण देखिएका व्यक्ति केही समय अघि मात्रै इटालीबाट फर्किएका थिए भने तेलंगानाका व्यक्ति दुबाईबाट फर्किएका
काठमाडौं – कतारको दोहास्थित नेपाली राजदूतवासले कोरोना ९कोभिड–१९० भाइरसको संक्रमणबाट जोगिन त्यहाँ रहेका नेपालीहरूलाई अपिल गरेको छ । कतारका एक नागरिकमा कोरोनाको संक्रमण पुष्टि भएपछि आइतबार विज्ञप्तिमार्फत नेपालीहरूलाई सजग गराएको हो । संक्रमण देखिएपछि इरानबाट कतार फर्केका ३६ वर्षीय पुरुषलाई आइसोलेसनमा राखिएको छ । संक्रमीत व्यक्ति फर्केका जहाजबाट आएकाहरूलाई पनि कतारले क्वारेन्टाइनमा राखेको छ ।