Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

कोरोना भाइरस प्रकोप अपडेटः मृत्यु हुनेको संख्या ७२४ पुग्यो

Saturday, February 8, 2020 National Power

एजेन्सी –  शुक्रबारमात्रै कोरोना भाइरसका कारण ८६ व्यक्तिको मृत्यु भएको छ ।संक्रमण सुरु भएपछि एकैदिन मृत्यु हुने यो सबैभन्दा ठूलो संख्या हो । शुक्रबार अबेर प्रकाशित तथ्यांक अनुसार रोगबाट ३४,४०० भन्दा बढी संक्रमित भइसकेका छन् ।  यी तथ्यांकले कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न लागि परेका अधिकारीलाई केही निराश बनाएको छ ।
चीनमा अहिले भाइरसबाट प्रभावित शहरमा युद्धको जस्तो वातावरण देखिन्छ । सम्पूर्ण सवारी साधनहरु ठप्प छ, सडक सुनसान छ । चिकित्सकहरु घर घरमा गएर विरामीको ज्वारो नाप्न थालेका छन् ।
उता जापान र हङकङको बन्दरगाहमा रोकिराखेको दुई क्रुज जहाजमा कोरोना भाइरसबाट संक्रमित विमारी भेटिएपछि हजारौं यात्रु जहाजमै राकिएका छन् । एउटा जहाजमा संक्रमितको संख्या ६४ पुगिसकेको छ ।