Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

अन्तराष्ट्रिय

कोरोनाविरुद्ध लड्न भारतले ब्युँत्यायो ब्रिटिसकालीन कानुन

नयाँदिल्ली — विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले महामारीको संज्ञा दिएको कोरोना भाइरस’ (कोभिड–१९) को संक्रमणविरुद्ध जुध्न भारत सरकारले करिब १२५ वर्ष पुरानो कानुन लागू गरेको छ । मन्त्रिपरिषदका सचिव राजीव गौबाको अध्यक्षतामा बुधबार बसेको समीक्षा बैठकले १८९७ मा बनेको महामारी रोगविरुद्धको ऐनअन्तर्गतको खण्ड दुईको व्यवस्था लागू गर्ने निणय गरेको हो । उक्त व्यवस्था लागू भएपछि केन्द्रीय

बेलायतबाहेकका युरोपेली देशबाट अमेरिका यात्रामा प्रतिबन्ध

काठमाडौं –  कोरोना भाइरस संक्रमण रोकथाम गर्ने उद्देश्यले युरोपेली देशहरुबाट अमेरिकाको यात्रामा प्रतिवन्ध लगाइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतबाहेक सबै युरोपेली देशहरुबाट अमेरिकाको यात्रामा एक महिने प्रतिवन्ध लगाइएको घोषणा गरेका हुन् । बुधबार टेलिभिजन सम्बोधनमार्फत् ट्रम्पले भने, ‘हाम्रो क्षेत्रमा नयाँ संक्रमण भित्रिन नदिन हामीले युरोपबाट अमेरिकामा हुने सबै किसिमका यात्रामा प्रतिबन्ध लगाएका छौं ।’

कोरोना संक्रमितको संख्यामा कमी आएसंगै ऊहानमा खोलिएका सबै १६ अस्थायी अस्पताल बन्द

एजेन्सी –  नोबल कोरोनाभाइरस प्रकोपबाट सबैभन्दा प्रभावित ऊहानले सहरका सबै १६ अस्थायी अस्पताल बन्द गरेको छ । सोमबार दिनभर ऊहानमा १७ नयाँ विरामी मात्र भेटिएका थिए । जबकि एक महिना अघि फेब्रुअरी ९ मा सो सहरमा एक दिनमा १९२१ विरामी भेटिएका थिए । केन्द्रीय चीनको हुबेइ प्रान्तमा रहेको ऊहान सहरमा निर्माण भएका अधिकांश अस्थायी अस्पताल

बेलायती स्वास्थ्यमन्त्रीलाई कोरोना भाइरस संक्रमण

काठमाडौं – बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोनाभाइरसको संक्रमण भएको छ । संक्रमणपछि उनी आफ्नै घरको आइसोलेसनमा छिन् । कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी स्वास्थ्यमन्त्री डोरिस स्वयंले आफूलाई कोरोनाभाइरस पुष्टि भएको बताएकी हुन् । डोरिस कोरोनाभाइरसको संक्रमण भेटिने पहिलो बेलायती सांसद् हुन् । बीबीसीका अनुसार, आवश्यक सल्लाहपछि निजी घरको आइसोलेसनमा रहेको उनले बताएकी छन् । उनले पछिल्लो

अफगानस्तिानमा दुई जना राष्ट्रपति !

काबुल — अफगानस्तिानमा एकै दिन दुई जनाले राष्ट्रपतिको शपथ लिने तयारी गरेका छन् । वर्तमान राष्ट्रपति असरफ घानी र प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले सोमबार राष्ट्रपतिको शपथ लिने भन्दै बेग्लाबेग्लै निमन्त्रणा जारी गरेका हुन् । केही दिनअघि देशको निर्वाचन आयोगले गत वर्षको सेप्टेम्बरमा भएको राष्ट्रपतीय चुनावमा घानी विजयी भएको घोषणा गरेपछि सोमबार बिहानका लागि उनको शपथग्रहण समारोह तय

५५ सय हलमा लागेको ‘बाघी ३’ले पहिलो दिन कति कमायो ?

शुक्रबारबाट टाइगर श्राफ र श्रद्धा कपुर स्टारर चलचित्र ‘बाघी ३’ रिलिज भएको छ । भारतमा ४४ सय हलमा रिलिज भएको यस चलचित्रले अन्य देशहरुमा ११ सय हल पाएको थियो । ५५ सय हल पाएको यस चलचित्रको व्यापार उत्साह जनक छ । चलचित्रले शुक्रबार नै १८ करोड भन्दा माथिको व्यापार गरेको छ । भारितिय वक्स अफिस

अष्ट्रेलियामा पढ्दै गरेका नेपाली विद्यार्थीमा कोरोना संक्रमण, ११ दिन अघि मात्रै नेपालबाट फर्केका थिए

काठमाडौं – फेब्रुअरी २६ तारिखमा नेपालबाट बिदा मनाएर अष्ट्रेलिया फर्किएका २० वर्षे एक विद्यार्थीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अष्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीहरुले उनको संक्रमणबारे पुष्टि गर्दै उनको आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिएका छन् । अष्ट्रेलियाको स्थानीय समाचार एजेन्सी सेभेनन्यूज डट कम डट एयूका अनुसार ती विद्यार्थी फेब्रुअरी २६ तारिखमा नेपालबाट सिंगापुर

कतारले नेपालसहित १४ देशका यात्रुलाई प्रतिबन्ध लगायो

काठमाडौं- कोरोनाभाइरस (कोभिड-१९० को संक्रमण फैलिएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रोक लगाएको छ। कतारले चीन, इजिप्ट, भारत, इराक, इरान, लेवनान ,बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डबाट जाने यात्रुमाथि रोक लगाएको हो। कतार एयरवेजले यसअघि नै इटालीसँगको हवाइ उडान रोकिसकेको छ। कतारमा आइतबारमात्र ३ जनामा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको थियो।

कोरोनाभाइरसको संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या ३६६ पुगेको छ

एजेन्सी- कोरोनाभाइरसको संक्रमणबाट इटालीमा एकैदिन १३३ जनाको मृत्यु भएको इटालीले जनाएको छ। बिबिसीका अनुसार योसँगै इटालीमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६६ पुगेको छ। त्यहाँ नयाँ संक्रमितको संख्या पनि २५ प्रतिशतले बढेको छ। यो संख्या ७,३७५ बाट ५,८८३ मा पुगेको त्यहाँको नागरिक सुरक्षा निकायले जनाएको छ। यसैगरी इटालीका सेनाप्रमुख साल्भातोरे फारिनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको

ह्याप्पी होमलाई अधिकारीको सहयोग

काठमाण्डौ – समाजसेवी वन्नको लागी धन मात्रै प्रयाप्त पनि होईन मन पनि फराकिलो हुन जरुरी छ त्यस्तै फराकिलो मनकी धनी हुन् दुवईमा कार्यरत रुमा अधिकारी । गत साता राजधानीमा रुमाले ह्याप्पी होमलाई रुपैया १० हजार सहयोग आर्थिक सहयोग गर्नु भएको छ । ईनास दुवईमा सदस्य समेत रहनु भएकी अधिकारीले कर्म थलो फर्किनु अघि उक्त रकम