Sunday 8th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

महाभियोगमा साक्षी बसेका २ अधिकारी ट्रम्पद्वारा बर्खास्त

Saturday, February 8, 2020 National Power

काठमाडौं –  आफूविरुद्धको महाभियोगमा साक्षी बसेका दुई अधिकारीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बर्खास्त गरेका छन् । माथिल्लो सदनमा पेस भएको महाभियोगबाट सफाइ पाएको दुई दिनपछि ट्रम्पले आर्मीका लेफ्टिनेन्ट जर्नेल अलेक्जेन्डर भिडम्यान र युरोपियन युनियनका लागि अमेरिकी राजदूत गार्डन सोडल्यान्डलाई बर्खास्त गरेका हुन् ।

ह्वाइटहाउसले सुरुमा भिडम्यानलाई बर्खास्त गरेको जनाएको थियो । तर, त्यसको केही समयपछि ट्रम्पले सोडल्यान्डलाई पनि फिर्ता बोलाएका छन् । बर्खास्तमा परेका भिडम्यान युक्रेन मामलाका जानकार मानिन्छन् । राष्ट्रपति पदको दुरुपयोग गर्दै आफ्ना प्रतिस्पर्धीलाई समाप्त पार्न युक्रेनी समकक्षीलाई दबाव दिएको अभियोगमा ट्रम्पविरुद्ध तल्लो सदनमा महाभियोग दर्ता भएको थियो । यो प्रकरणबारेको अनुसन्धानमा अमेरिकी तल्लो सदनले दुवै अधिकारीसँग वयान लिएको थियो । साथै उनीहरू महाभियोगको दौरानमा साक्षीका रूपमा प्रस्तुत भएका थिए ।

विपक्षीहरूको बहुमत रहेको तल्लो सदनले ट्रम्पविरुद्ध महाभियोग लगाएको थियो । तर, रिपब्लिकनहरूको बोलवाला रहेको माथिल्लो सदन सिनेटबाट भने ट्रम्पले सफाइ पाएका छन् ।

लामो समयदेखिको महाभियोगको रस्साकस्सी समाप्त भएसँगै ट्रम्पले आफूविरुद्ध खडा भएका अधिकारीलाई बर्खास्त गरिदिएका हुन् ।

ट्रम्पले आफ्ना सल्लाहकार तथा सहयोगी बर्खास्त गरिदिएको यो पहिलो घटना भने होइन । यसअघि उनले गत भदौमा आफ्नो सहायक म्याडलिन वेस्टराउटलाई पदमुक्त गरिदिएका थिए । ट्रम्प पारिवारसँग सम्बन्धित सूचना चुहाएको आरोपमा उनलाई पदमुक्त गरिएको हो ।

त्यसअघि उनले आफ्नो कार्यकारी आदेशको आलोचना गर्ने कार्यवाहक महान्यायाधिवक्ता स्याली येट्सलाई पनि बर्खास्त गरेका थिए ।