
काठमाडौँ – लोकदोहोरी गायिका रीता थापा मगर नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएकी छन्। कांग्रेस धादिङ २ ले उनको नाम प्रतिनिधि सभा समानुपातिकतर्फ सिफारिस गरेको हो।
उनी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष छिन्। प्रतिष्ठानको पहिलो महिला अध्यक्षसमेत रहेकी उनको कार्यकाल फागुनमा सकिँदैछ। कांग्रेस धादिङ २ ले प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभातर्फको उम्मेदवार सिफारिस गरेकोमा रीताको नाम समानुपातिकमा सिफारिस गरेको हो।
माघ ११ मा राष्ट्रिय सभा र फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन हुँदैछ।