Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस

Sunday, December 14, 2025 National Power

काठमाडौँ – लोकदोहोरी गायिका रीता थापा मगर नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएकी छन्। कांग्रेस धादिङ २ ले उनको नाम प्रतिनिधि सभा समानुपातिकतर्फ सिफारिस गरेको हो।

उनी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष छिन्। प्रतिष्ठानको पहिलो महिला अध्यक्षसमेत रहेकी उनको कार्यकाल फागुनमा सकिँदैछ। कांग्रेस धादिङ २ ले प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभातर्फको उम्मेदवार सिफारिस गरेकोमा रीताको नाम समानुपातिकमा सिफारिस गरेको हो।

माघ ११ मा राष्ट्रिय सभा र फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन हुँदैछ।