Thursday 23rd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

Friday, December 19, 2025 National Power

काठमाडौँ – अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिकलाई डिपोर्ट भएका छन् । अध्यागमन विभागका अनुसार डिपोर्ट हुनेमा ६९ पुरुष र ६ महिला रहेका छन् ।

अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरू बिहीबार साँझ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको विभागले जनाएको छ । उनीहरू ओमनी इन्टरनेशन एयरको विमानबाट काठमाडौं उत्रिएका हुन् । डिपोर्ट भएकाहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको जिम्मा लगाइएको विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ ।

अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेदेखि आप्रवासन नीतिलाई कडाइका साथ लागू गरिएको छ । वैधानिक कागजातबिना बसोबास गर्ने आप्रवासीहरूलाई लक्षित यस नीतिका कारण ठुलो सङ्ख्यामा नेपालीहरू देश निकालाको जोखिममा परेका छन्। यसअघि नोभेम्बर महिनामा ८० जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए । जसमा २ जना महिला र ७८ जना पुरुष रहेका थिए ।

अध्यागमन विभागको तथ्यांकअनुसार गत अक्टोबर महिनामा मात्रै अमेरिकाबाट ३८ जना नेपाली डिपोर्ट भएका थिए, जसमा ४ जना महिला र ३४ जना पुरुष थिए ।

गत जनवरीमा ट्रम्पले पदभार सम्हालेपछि ६ जना नेपालीहरूलाई अमेरिकाले डिपोर्ट गरेको थियो । त्यस्तै, फेब्रुअरीमा १८ जना, मार्चमा ३२ जना, अप्रिलमा २६ जना, मेमा ५८ जना, जुनमा ४२ जना, जुलाईमा १७ जना, अगस्टमा १६ जना र सेप्टेम्बरमा ५३ जना नेपाली डिपोर्ट भइसकेका छन् ।