Wednesday 17th December 2025

    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी

अन्तराष्ट्रिय

देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले देशनिकाला प्रक्रियालाई थप तीव्र र व्यवस्थित बनाउनका लागि ६ वटा बोइङ ७३७ विमान खरिद गर्ने भएको छ। डिएचएसले बुधबार यस सम्बन्धी सम्झौता भएको पुष्टि गरेको हो। डिएचएसकी प्रवक्ता ट्रिशिया म्याकलफलिनले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै विमान खरिदपछि इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)ले अझ प्रभावकारी र कार्यकुशल उडान मार्ग अपनाएर

भारतीय थिएटरकी सक्रिय कलाकार अदिति मुखर्जीको सडक दुर्घटनामा मृत्यु

नोएडा – भारतीय थिएटर क्षेत्रमा प्रतिभावान् मानिएकी कलाकार अदिति मुखर्जीको नोएडा एक्सप्रेसवेमा भएको भिषण सडक दुर्घटनामा निधन भएको छ । आइतबार सफीपुर गाउँ नजिकै यो दर्दनाक दुर्घटना भएको हो, उनी ग्रेटर नोएडाको गौतम बुद्ध युनिभर्सिटीमा एक कार्यक्रमका लागि बाइकमा जाँदै थिइन् । सफीपुर गाउँ नजिकै एक अज्ञात सवारीसाधनले उनको बाइकलाई तीव्र गतिमा ठक्कर दिएको थियो

शेख हसिनालाई फिर्ता पठाउन बंगलादेशले भारतलाई पठायो कुटनीतिक पत्र

काठमाडौं -बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएको छ। अदालतको उक्त फैसलापछि बंगलादेशले भारतसँग शेख हसिनाको सुपुर्दगीको माग गरेको छ। कुनै पनि व्यक्तिलाई अपराधको आरोप वा सजाय तोकिएको मुलुकमा कानुनी प्रक्रिया अनुसार फिर्ता पठाउने कार्यलाई सुपुर्दगी भनिन्छ। यसको जवाफमा भारतीय विदेश मन्त्रालयले छिमेकीको रूपमा भारत शान्ति, लोकतन्त्र,

अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु

काठमाडौँ — भारतको गुजरातको अहमदाबाद विमानस्थलनजिकै दुर्घटनामा परेको जहाजमा २४२ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । भारतीय समयअनुसार दिउँसो १:३८ मा लन्डनका लागि उडेको एआई १७१ उडान नम्बरको बी ७८७ ड्रिमलाइनर जहाज टेकअफलगत्तै दुर्घटनामा परेको हो । उक्त जहाज क्याप्टेन सुमीत सभरवाल र फर्स्ट अफिसर क्लाइभ कुन्दरले उडाइरहेका थिए । क्याप्टेन सभरवालसँग ८ हजार २

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५: फिल्मको सूची सार्वजनिक

काठमाण्डौ – मेरिल्याण्डमा आयोजना हुने नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रदर्शन हुने फिल्मको सूची सार्वजनिक भएको छ । लाइनअपमा बर्लिनको मुख्य प्रतिस्पर्धामा छनोट मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’देखि दीपक रौनियार निर्देशित ‘राजागञ्ज’ र विनोद पौडेल निर्देशित ‘भूठान’ लगायत छन् । ओपनिङ फिल्मको रुपमा ‘शाम्बाला’ तय छ । जुन महिनाको २६ देखि २९ सम्म हुने महोत्सवमा

मेरिल्याण्डमा ‘ईनास राष्ट्रिय सम्मान २०२५’आयोजना हुने

अमेरिका– कला र कलाकारको सारथी ईनास अमेरिकाले नेपाली भाषा, कला, साहित्य, खेलकुद, चलचित्र, सामाजिक सेवा लगायतका बिभिन्न क्षेत्रहरुमा विशिष्ट योगदान पुर्याउनु हुने समुदायका विशिष्ट व्यक्तित्वहरूलाई बिशेष सम्मान गर्दै, नेपाल नेपालीका बिभिन्न भाषा, संस्कृति र विविधता झल्किने बिभिन्न सांगितिक र सांस्कृतिक प्रस्तुतिहरु सहित ईनास राष्ट्रीय सम्मान २०२५ साथै बिबिध सांस्कृतिक कार्यक्रम यहि जूलाई महिनाको २१ तारिख शनिवारको

नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेष्टिबल २०२५ भब्य रुपमा सम्पन्न

काठमाडौं- बिहिबारबाट तीनदिनसम्म काठमाडौंमा जारी ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ ९एनसिआईएफएफ०को छैटौँ संस्करण सम्पन्न भएको छ । सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा शनिबार बेलुका चलचित्र विकास बोर्डमा विभिन्न उत्कृष्ट विधामा अवार्ड प्रदान गर्दै यो अवार्ड सम्पन्न भएको हो । यो महोत्सव नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजना र चलचित्र विकास

क्यालिफोर्नियामा आयोजित राहदानी कन्सुलर सेवा शिविरबाट नेपाली लाभान्वित

क्यालिफोर्निया, अमेरिका – नेपाली राजदूतावास, वासिङटन डिसीको आयोजनामा क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा सञ्चालन गरिएको राहदानी तथा कन्सुलर सेवा शिविरबाट १ हजार ५ सय १५ जना नेपाली प्रत्यक्षरूपमा लाभान्वित भएका छन् । दूतावासका अनुसार शिविरमार्फत १ हजार ५ सय ६ जनाले राहदानी सेवा प्राप्त गरेका छन् भने ९ जनाले अधिकृत वारेसनामा (Power of Attorney) सेवा लिएका छन्

ट्रम्पले भने– मेक्सिको खाडीको नाम फेर्छु

वासिङ्टन डिसी-अमेरिकाको राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले मेक्सिको खाडीको नाम फेर्ने बताएका छन् ।  उनले मंगलबार मेक्सिको खाडीको नाम फेरेर अमेरिकाको खाडी राख्ने अभिव्यक्ति दिएका हुन् । पश्चिमी गोलार्द्धको नक्सा पुनः कोर्ने यो उनको पछिल्लो संकेत हो । ट्रम्पले बारम्बार क्यानडालाई अमेरिकाको ५१ औँ राज्य भनिरहेका छन् । डेनमार्कले पनि ग्रिनल्यान्ड बेच्नेबारे सोच्नु पर्नेमा जोड दिइरहेका

हैदरावादमा पुष्पा–२ को लाइभ कार्यक्रममा भागदौड, एक महिलाको मृत्यु

नयाँ दिल्ली – तेलुगु अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ आजबाट रिलिज भएको छ । रिलिज हुनुअघि डिसेम्बर ४ मा आन्ध्र प्रदेश र तेलंगानामा फिल्मको लाइभ शो देखाइएको थियो । हैदरावादको चिक्कडपल्लीस्थित सन्ध्या थिएटरमा एउटा बेनिफिट शो आयोजना गरिएको थियो । फिल्मका नायक अल्लु अर्जुन पनि यस कार्यक्रममा पुगेका थिए । उनलाई हेर्न फ्यानहरूको भीड