Tuesday 4th November 2025

    राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी    कलाकार संघमा रिक्त रहेको पदमा नियुक्त ४ जनाले गरे शपथ ग्रहण    पुनः म्याद थपका लागि बाबुल गिरीलाई आज अदालत पेस गरिँदै    Director Khakurel Wins Global Icon Award at International Excellence Awards 2025    किष्ट अस्पतालमा तनाव, प्रहरीसँग घम्साघम्सी

सडक र सुरक्षा

पुनः म्याद थपका लागि बाबुल गिरीलाई आज अदालत पेस गरिँदै

काठमाडौँ –  गायिका नितु पौडेल मृत्युको घटनामा सङ्गीतकार बाबुल गिरीमाथि अनुसन्धान नसकिएकोले प्रहरी पुन: म्याद थपका लागि अदालतमा पेस गर्ने भएको छ ।  ५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले दिएको अनुमति मंगलबार सकिएको छ । प्रहरीले अनुसन्धान अझै बाँकी रहेकोले थप केही दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप्न लागेको जिल्ला प्रहरी

किष्ट अस्पतालमा तनाव, प्रहरीसँग घम्साघम्सी

काठमाडौँ –  बिरामीको मृत्युलाई लिएर किष्ट अस्पतालमा तनाव भएको छ । मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन्। प्रहरीले बल प्रयोग गरेर भीड तितरबितर पारेको छ । घटना कात्तिक ७ गतेको हो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरूको छ । अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरूको भनाइ छ ।

नेपाली सेनासहित सुरक्षा निकायको अपिल संवादमार्फत शान्तिपूर्ण समाधान निकालौं

काठमाडौं -नासहित सुरक्षा निकायहरू र मुख्य सचिव तथा गृहसचिवले राजनीतिक संवादबाट अहिलेको परिस्थितिको शान्तिपूर्ण समाधान खोज्न अपिल गरेका छन्। जेनजी आन्दोलन चर्कंदै गएको छ। प्रदर्शनकारीहरूले संघीय संसद भवन र सिंहदरबार, पार्टी कार्यालयहरू र नेताका घरमा आगजनी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएर राष्ट्रपतिले स्वीकृतसमेत गरिसकेका छन्। जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएको

राष्ट्रपति पौडेलले गरे प्रधानमन्त्रीको राजीनामा स्वीकृत

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् । उनले राजीनामा दिनुअघि काठमाडौंमा नेताका निवास, मन्त्री क्वाटर, सिंहदरबार, संसद् भवनलगायतमा आगजनी भइरहेको छ ।

सेनाको घेरा तोडेर सिंहदरबार प्रवेश गरे प्रदर्शनकारी

काठमाडौं -नेपाली सेनाको सुरक्षा घेरा तोडेर प्रदर्शनकारी मंगलबार (भदौ २४) दिउँसो देशको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबारभित्र प्रवेश गरेका छन् । ‘जेनजी’को प्रदर्शनको दोस्रो दिन उनीहरू सिंहदरबार छिरेका हुन् । प्रदर्शनकारी यति बेला मन्त्रालयभित्र छिरेर तोडफोडमा उत्रिएका छन् । प्रदर्शनकारीले यसअघि राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूका घरघरमा आगो लगाइसकेका छन् ।

हजारौंको संख्याका प्रदर्शनकारी संसद् छिरे

काठमाडौं –   संसद् भवन नयाँ बानेश्वरमा हजारौँको संख्यामा प्रदर्शनकारी प्रवेश गरेका छन् । उनीहरु अहिले भर्खरै त्यहाँ प्रवेश गरेका हुन् । यसअघि हजारौँको संख्यामा सो क्षेत्रमा प्रदर्शनकारी जम्मा भएका थिए ।

रास्वपाका सबै सांसदले दिए राजीनामा

काठमाडौं –  रास्वपाका सबै सांसदहरुले सामूहिक राजीनामा दिएका छन् । यस्तो विज्ञप्ति जारी गर्दै उनीहरु सबैले सामूहिक राजीनामा दिएका हुन् । वि.सं. २०८२ भदौ २४ ने.सं.११४५ ञंलागा द्वितीया आदरणीय आम नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरु, सामूहिक राजीनामा देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा

बसुन्धारा, रातोपुल र कालोपुलका प्रहरी बिटमा आगजनी, नागरिक सरकार गठनको माग

काठमाडौं-  सरकार विरुद्ध मंगलबार सडकमा उत्रिएका जेनजी युवाहरूले विभिन्न स्थानका प्रहरी बिटमा आगजनी र तोडफोड गरेका छन् । राजनीतिक नेताहरूको निजी निवासको खोजी गर्दै हिँडेका युवाले प्रहरी बिट देख्नसाथ आगजनी गरेका हुन् । सोमबार जेनजीले सुरु गरेको समाजिक सञ्जाल बन्द र भ्रष्टाचार विरोधी प्रदर्शनमा सरकारले कम्तीमा १९ जनाको हत्या गरेपछि युवा आक्रोश झनै बढेको हो

मन्त्रीहरुलाई सेनाले निकालेलगत्तै क्वाटरमा प्रदर्शनकारीको आगजनी

काठमाडौं –  मन्त्री निवास भैँसेपाटीमा अहिले प्रदर्शनकारीले आगजनी गरेका छन् । मन्त्रीहरुलाई नेपाली सेनाको हेलिकोप्टरले निकालेलगत्तै प्रदर्शनकारी भित्र प्रवेश गरेका थिए । अहिले मन्त्री क्वाटरमा आगो लागिरहेको छ ।