Wednesday 17th December 2025

    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी

बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख

Wednesday, December 17, 2025 National Power

काठमाडौँ –  चलचित्र विकास बोर्डले गत साताको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ । तीन फिल्म ‘परान’, ‘हर्ष’ र ‘अभिमन्यु’ को बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको हो । जसमध्ये नीर शाह अभिनित फिल्म ‘परान’ को अहिले सम्मको आम्दानी १७ करोड ३९ लाख ४९ हजार ५०१ नेरु ग्रस रहेको छ । फिल्मको यो कलेक्सन २७ गते शनिबार राति ११ : ५९ सम्मको हो ।

त्यस्तै, फिल्म ‘हर्ष’ को २८ लाख ७६ हजार २८६ नेरु ग्रस रहेको छ । खगेन्द्र लामिछाने र वर्षा राउत अभिनित फिल्म ‘हर्ष’ गत १२ मङ्सिरमा प्रदर्शनमा आएको थियो । त्यस्तै, फिल्म ‘अभिमन्यू : च्याप्टर १’ ले पछिल्लो शनिबारसम्म २१ लाख १० हजार २०५ नेरु ग्रस कमाएको छ । फिल्ममा कामेश्वर चौरासिया र लक्ष्मी बर्देवाको अभिनय छ ।