Friday 6th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

महाअभियोगमा ट्रम्पलाई सफाइ

Thursday, February 6, 2020 National Power

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध त्यहाँको माथिल्लो सदनमा पेस भएको महाभियोग प्रस्ताव अस्वीकृत भएको छ । अमेरिकाको माथिल्लो सदन ९सिनेट०मा बुधबार भएको मतदान प्रक्रियाबाट ट्रम्पले सफाइ पाएका हुन् ।

बीबीसीका अनुसार शक्तिको दुरुपयोग गरिएको अभियोगमा ट्रम्पको पक्षमा ५२-४८ मत परेको छ । त्यस्तै अमेरिकी संसद् कंग्रेसलाई अवरुद्ध तुल्याएको अभियोगबाट पनि ट्रम्पले सफाइ पाएका छन् । यो अभियोगमा भएको मतदानमा ट्रम्पले ५३-४७ मत पाए ।

आउँदो राष्ट्रपति निर्वाचनका आफ्ना सम्भावित प्रतिस्पर्धीलाई भ्रष्टाचार अभियोगमा छानबिन गर्न युक्रेनी समकक्षीलाई दबाव दिएको अभियोग ट्रम्पमाथि विपक्षीले लगाएका थिए । राष्ट्रपतिको शक्ति दुरुपयोगको अभियोगमा ट्रम्पविरुद्ध त्यहाँको तल्लो सदनमा महाभियोग दर्ता भएको थियो ।

विपक्षीको बहुमत रहेको तल्लो सदनले महाभियोग लगाए पनि माथिल्लो सदनबाट अस्वीकृत भएको छ । योसँगै अमेरिकी राजनीतिमा लामो समयदेखि चलेको महाभियोगको माथापच्ची विराम लागेको छ ।