Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

महाअभियोगमा ट्रम्पलाई सफाइ

Thursday, February 6, 2020 National Power

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध त्यहाँको माथिल्लो सदनमा पेस भएको महाभियोग प्रस्ताव अस्वीकृत भएको छ । अमेरिकाको माथिल्लो सदन ९सिनेट०मा बुधबार भएको मतदान प्रक्रियाबाट ट्रम्पले सफाइ पाएका हुन् ।

बीबीसीका अनुसार शक्तिको दुरुपयोग गरिएको अभियोगमा ट्रम्पको पक्षमा ५२-४८ मत परेको छ । त्यस्तै अमेरिकी संसद् कंग्रेसलाई अवरुद्ध तुल्याएको अभियोगबाट पनि ट्रम्पले सफाइ पाएका छन् । यो अभियोगमा भएको मतदानमा ट्रम्पले ५३-४७ मत पाए ।

आउँदो राष्ट्रपति निर्वाचनका आफ्ना सम्भावित प्रतिस्पर्धीलाई भ्रष्टाचार अभियोगमा छानबिन गर्न युक्रेनी समकक्षीलाई दबाव दिएको अभियोग ट्रम्पमाथि विपक्षीले लगाएका थिए । राष्ट्रपतिको शक्ति दुरुपयोगको अभियोगमा ट्रम्पविरुद्ध त्यहाँको तल्लो सदनमा महाभियोग दर्ता भएको थियो ।

विपक्षीको बहुमत रहेको तल्लो सदनले महाभियोग लगाए पनि माथिल्लो सदनबाट अस्वीकृत भएको छ । योसँगै अमेरिकी राजनीतिमा लामो समयदेखि चलेको महाभियोगको माथापच्ची विराम लागेको छ ।