Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

उत्तरी सीमा व्यवस्थापनबारे बेइजिङमा छलफल

Tuesday, January 7, 2020 National Power

काठमाडौं – भारतसँगको सीमा विवाद चर्कीरहेका बेला नेपाल र चीनबीच सीमा व्यवस्थापनबारे छलफल भएको छ । चीन भ्रमणमा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र चिनियाँ पब्लिक सेक्युरिटी मन्त्री तथा स्टेट काउन्सिलर झाउ केझीबीच सोमबार बेइजिङमा दुई देशको सीमा व्यवस्थापनबारे छलफल भएको हो । सरकारले गत कात्तिक २९ गते नेपाल चीन अन्तराष्ट्रिय निरीक्षण समिति बनाएको छ ।

दुबै नेताहरू सीमा क्षेत्रमा शान्ति तथा सुरक्षा कायम गर्नका लागि कानून कार्यान्वयनका लागि एकअर्काबीच सूचना आदानप्रदान तथा सहयोग गर्न सहमत भएका छन् । सीमा व्यवस्थापनको अलावा सार्वजनिक सुरक्षामा द्विपक्षीय सहयोग, सीमा वारपार अपराध नियन्त्रण, क्षमता अभिवृद्धि लगायतका विषयमा छलफल भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

भेटमा गृहमन्त्री थापाले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपालभित्र चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने दोहोर्‍याएका थिए । उनले सामाजिक-आर्थिक विकास, सुरक्षा, मानवस्रोत विकास, आपतकालीन राहतका गरेको सहयोगका लागि चीनलाई धन्यवाद ज्ञापन गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको गत अप्रिलमा भएको चीन भ्रमण तथा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याएको थापाको भनाइ थियो ।