Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

नयाँ वर्ष मनाउन अस्ट्रेलियाबाट नेपाल यात्रा

Wednesday, January 1, 2020 National Power

सिड्नी / अंग्रेजी नया वर्ष रमाइलो र अर्थपूर्ण रुपमा नेपालमा मनाउन सयौं अस्ट्रेलियन पर्यटक नेपाल पुगेका छन् । उनीहरु मध्ये धेरै नेपाली मुलका अस्ट्रेलियन पर्यटक छन् । नयाँ वर्ष २०२० को जनवरी १ को अस्ट्रेलियन समय (सिड्नीरक्यानबेरा) अनुसार बिहान नौ बजेसम्म  अस्ट्रेलिया संस्करणको सम्पर्कमा आएका केही अस्ट्रेलियन पर्यटकहरुले आफ्नो नेपाल बसाइँ कसरी महत्वपूर्ण बनाउँदै छन् भन्ने योजना सुनाए ।

जनवरी १ मा उद्घाटन हुने भिजिट नेपाल २०२० को कार्यक्रममा सहभागी हुने लक्ष्यसहित मंगलवार राति सिड्नीबाट उडेको गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको टोली चीनको गोन्जाउबाट सम्पर्कमा आयो । ‘अस्ट्रेलिया-नेपाल गौरवमय यात्रा अभियान’ नाम दिएको उक्त भ्रमण टोलीका संयोजक खेम शर्माले आफ्नो टिमको पाँच दिने कार्यतालिका सुनाए ।

उनका अनुसार बुधवार मध्यान्नअघि नै काठमाडौं पुगेर उक्त टिम नेपाल पत्रकार महासंघले आयोजना गर्ने एक कार्यक्रममा सामेल हुनेछ । यो टिम र नेपाल पत्रकार महासंघबीच बुधवार नै नेपालका सात प्रदेशका सात जना पर्यटन बिटमा समाचार लेख्ने पत्रकारलाई लेखनवृति प्रदान गर्नेबारे सहमतिमा हस्ताक्षर हुने छ ।