काठमाडौं – विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत केन्या विरुद्धको खेलको लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । आगामी फागुनमा हुने पाचौं चरण अन्तर्गत केन्यासँगको खेलको लागि नेपालले मंगलबार पारस खड्काको कप्तानीमा १९ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीका प्रतिनिधि ब्याङकेटपती राजु, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान
काठमाडौं -नेपाल एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भएको छ । एसीसीको बोर्ड बैठकले एकदिवसीय मान्यता प्राप्त देशलाई मात्र खेलाउने निर्णय गरेपछि नेपाल खेल्न नपाउने भएको छ प्रतियोगितामा अव भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशका यु २३ टिम र अफगानिस्तानको राष्ट्रिय टोलीबीच मात्र प्रतिस्पर्धा हुनेछ । सुरुमा चार टेष्ट नेशनसहित ८ देश खेल्ने तय भएको थियो ।
४ फागुन,पोखरा राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले आज पोखरा रङ्गशालाको हातामा निर्माण गरिने अत्याधुनिक ब्याडमिन्टन हलको शिलान्यास गर्नुभयो । करिब रु तीन करोड ५० लाखको लागतमा निर्माण गरिने अधिराज्यकै नमुना हल निर्माण गर्न राष्ट्रिय खेलकूद परिषद्बाट ५० प्रतिशत प्राप्त हुने र बाँकी स्थानीयवासीबाट जनसहयोग परिचालन गरिने सङ्घका जिल्ला अध्यक्ष डम्बरसिंह गुरुङले जानकारी दिनुभयो ।
२८ माघ, काठमाडौं – नेपालका सन्दिप लामिछाने विश्वका उत्कृष्ट युवा क्रिकेटरहरुको सूचीमा परेका छन् । ‘अल आउट क्रिकेट’ले विश्वका उत्कृष्ट ३० युवा क्रिकेटरको सूची सार्वजनिक गरेको छ, जसमा नेपालका युवा क्रिकेटर सन्दिप पनि परेका छन् । सन्दिप सूचीको ३० औं नम्बरमा छन् । १६ वर्षीय लेग स्पिनर लामिछानेलाई अल आउट क्रिकेटले भावी यासिर साह भनेको छ
२७ माघ, स्पेन – स्थापनाको ९६ बर्षको इतिहासमा पहिलो पटक आलाभेस स्पानिस कोपा डल रे कपको फाईनलमा पुगेको छ । अब उस्ले उपाधिको लागि क्याटलान क्लब बार्सिलोनाको सामना गर्ने छ । बुधवार राति भएको खेलमा घरेलु मैदानमा सेल्टाभिगोलाई १–० ले पराजित गर्दै आलाभेसले फाईनलमा स्पानिस महारथि बार्सिलोनासंगको भेट पक्का गरेको हो । पहिलो लेगमा सेल्टाभिगोलाई उसकै मैदान गोल
२२ माघ, लण्डन – इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर चेल्सीले आर्सनलमाथि शानदार जित हात पारेको छ । शनिबार भएको खेलमा चेल्सीले आर्सनलमाथि ३-१ को जित हात पारेको हो । यो जितसँगै चेल्सीले १२ अंकको दुरी बनाएको छ र उपाधि दाबेदारीलाई बलियो बनाएको छ । घरेलु मैदान स्टामफोर्ड बि्रजमा भएको खेलमा चेल्सीले १३ औं मिनेटमा
२२ माघ, झापा । त्रिभुवन आर्मीलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लब रमपम झापा गोल्डकपको फाइनलमा पुगेको छ । विभागीय टोली त्रिभुवन आर्मीलाई १-० हराउँदै मनाङले आयोजक झापा-११ सँगको भेट पक्का गरेको हो । मनाङको जितमा खेलको ४१ औँ मिनेटमा विमल रानाले गोल गरे । विदेशी खेलाडी ओलावालेको क्रस पासमा कप्तान सुजल श्रेष्ठको प्रहार पोलमा लागेर
२१ माघ, झापा– आयोजक टोली रमपम झापा–११ फुटबल क्लब झापामा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रङ्गशाला बिर्ताबजारमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबारको पहिलो सेमिफाईनल खेलमा झापाले हिमालयन शेर्पालाई ४–० गोलअन्तरले पाखा लगाउँदै अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरेको हो । फाइनल प्रवेशसँगै झापाले कम्तिमा नगद ३ लाख
माघ २०, इंग्ल्याण्ड – पुर्व इंग्लिस मिडफिल्डर फ्राङ्क लाम्पार्डले खेल जीवनबाट सन्यास लिएका छन् । पछिल्लो दुई वर्ष अमेरिकाको लिग क्लब न्यूयोर्क सिटीबाट खेलेका उनले अाफ्नाे अधिकांश खेल जीवन इंग्लिस क्लब चेल्सीमा बिताएका थिए । लाम्पार्डले चेल्सीबाट ६४९ खेल खेलेका छन् भने इंग्ल्याण्डबाट १०६ क्याप जितेका छन् । ‘मलाई अहिले पनि खेल्न अफरहरु आइरहेको छ । तर, जीवनको
२० माघ, झापा – रमपम झापा गोल्डकपमा न्यूरोड टिम (एनआरटी)लाई फराकिलो अन्तरले हराउँदै मनाङ मर्स्याङदी क्लबले सेमिफाइनल यात्रा तय गरेको छ । बिहीबार भएको खेलमा उसले एनआरटीलाई ४-० को फराकिलो अन्तरले हरायो । योसँगै अब मनाङले सेमिफाइनलमा शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्ने भएको छ । खेलको सुरुआतदेखि नै मनाङले एनआरटीलाई दबावमा राखेको थियो