२७ माघ, स्पेन – स्थापनाको ९६ बर्षको इतिहासमा पहिलो पटक आलाभेस स्पानिस कोपा डल रे कपको फाईनलमा पुगेको छ । अब उस्ले उपाधिको लागि क्याटलान क्लब बार्सिलोनाको सामना गर्ने छ ।
बुधवार राति भएको खेलमा घरेलु मैदानमा सेल्टाभिगोलाई १–० ले पराजित गर्दै आलाभेसले फाईनलमा स्पानिस महारथि बार्सिलोनासंगको भेट पक्का गरेको हो । पहिलो लेगमा सेल्टाभिगोलाई उसकै मैदान गोल रहित बराबरीमा रोकेको आलाभेसले घरेलु मैदानमा जित निकाल्ने क्रममा एडगर मेन्डेजले खेलको ८२औ मिनेटमा गोल गरेका थिए । यो गोलनै आलाभेसको लागि फाईनलमा बार्सिलोनासंगको भेट पक्का गर्न काफी भएको थियो ।