Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

कोपा डेल रे कपको उपाधिको लागि बार्सिलोना र आलाभेस भिड्ने

Thursday, February 9, 2017 National Power

२७ माघ, स्पेन – स्थापनाको ९६ बर्षको इतिहासमा पहिलो पटक आलाभेस स्पानिस कोपा डल रे कपको फाईनलमा पुगेको छ । अब उस्ले उपाधिको लागि क्याटलान क्लब बार्सिलोनाको सामना गर्ने छ ।

बुधवार राति भएको खेलमा घरेलु मैदानमा सेल्टाभिगोलाई १–० ले पराजित गर्दै आलाभेसले फाईनलमा स्पानिस महारथि बार्सिलोनासंगको भेट पक्का गरेको हो । पहिलो लेगमा सेल्टाभिगोलाई उसकै मैदान गोल रहित बराबरीमा रोकेको आलाभेसले घरेलु मैदानमा जित निकाल्ने क्रममा एडगर मेन्डेजले खेलको ८२औ मिनेटमा गोल गरेका थिए । यो गोलनै आलाभेसको लागि फाईनलमा बार्सिलोनासंगको भेट पक्का गर्न काफी भएको थियो ।