Tuesday 12th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

Wednesday, April 1, 2026 National Power

काठमाडौं – नेपाली लोक तथा आधुनिक संगीत क्षेत्रमा नयाँ स्वाद थप्ने उद्देश्यका साथ प्रसिद्ध गायक कन्हैया सिंह परियार र गायिका ‘स्वरमाधुरी’ अन्जना गुरुङको स्वरमा रहेको नयाँ गीत ‘मुखिया राजा’ सार्वजनिक गरिएको छ। गीत हालै कन्हैया सिंह परियारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।

गीतमा भीष्मराज फुलाराको शब्द रचना रहेको छ भने सङ्गीतकार राजेन्द्र बजगाईंले आकर्षक सङ्गीत भरेका छन्। मनोज परियारले गीतको मिक्सिङ गर्दै समग्र प्रस्तुतीलाई थप सशक्त बनाएका छन्। यस गीतमा  प्रमोद डिजी, रिस्ता थापा र सृजना देवकोटाको सामूहिक स्वरले गीतलाई अझै जीवन्त बनाएको छ।

भिडियो पक्ष पनि उत्तिकै सशक्त देखिन्छ। सुनिल बिकको निर्देशनमा तयार गरिएको भिडियोमा कलाकार प्रदीप लामा र अपेक्षा सिंहको अभिनय देख्न सकिन्छ, जसले गीतको कथालाई दृश्यात्मक रूपमा प्रभावकारी ढंगले प्रस्तुत गरेका छन्। पवन सुस्लिङको छायांकनले ग्रामीण परिवेश र कथावस्तुलाई सुन्दर तरिकाले कैद गरेको छ भने सुप्रीम पराजुलीको सम्पादनले भिडियोको गति र प्रस्तुतीलाई सन्तुलित बनाएको छ।

गीत निर्माणमा सहयोग पुर्‍याउने विभिन्न व्यक्तित्व तथा संस्थाहरूप्रति पनि निर्माण टिमले आभार व्यक्त गरेको छ। विशेष रूपमा गीता परियार, अनुप सिंह, लम्ली गुरुङ, टिका गोपाल डिजिटल तथा एम क्रियशनलाई धन्यवाद ज्ञापन गरिएको छ।

‘मुखिया राजा’ गीतले नेपाली समाजको परिवेश, भावना र कथालाई समेट्ने प्रयास गरेको देखिन्छ। संगीत, शब्द र दृश्यको संयोजनले दर्शकलाई मनोरञ्जन मात्र नभई भावनात्मक रूपमा समेत जोड्ने अपेक्षा गरिएको छ।