Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

अल अाउटले भन्याे, सन्दिप भविष्यकाे यासिर साह

Friday, February 10, 2017 National Power

२८ माघ, काठमाडौं – नेपालका सन्दिप लामिछाने विश्वका उत्कृष्ट युवा क्रिकेटरहरुको सूचीमा परेका छन् ।

‘अल आउट क्रिकेट’ले विश्वका उत्कृष्ट ३० युवा क्रिकेटरको सूची सार्वजनिक गरेको छ, जसमा नेपालका युवा क्रिकेटर सन्दिप पनि परेका छन् ।

सन्दिप सूचीको ३० औं नम्बरमा छन् । १६ वर्षीय लेग स्पिनर लामिछानेलाई अल आउट क्रिकेटले भावी यासिर साह भनेको छ ।

विश्वभरका क्रिकेट लेखकहरुको मतका आधारमा ‘अल आउट क्रिकेट’ले यो सूची बनाइएको हो ।

अहिलेसम्म २० जनाको नाम सार्वजनिक गरिएको छ र, शीर्ष १० को नाम आउन बाँकी छ