Tuesday 7th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

३ हप्ताकाे अन्तरालमा तेश्राे उपाधि नजिक मनाङ, अार्मी १–० ले पराजित

Saturday, February 4, 2017 National Power

२२ माघ, झापा । त्रिभुवन आर्मीलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लब रमपम झापा गोल्डकपको फाइनलमा पुगेको छ ।
विभागीय टोली त्रिभुवन आर्मीलाई १-० हराउँदै मनाङले आयोजक झापा-११ सँगको भेट पक्का गरेको हो ।

मनाङको जितमा खेलको ४१ औँ मिनेटमा विमल रानाले गोल गरे । विदेशी खेलाडी ओलावालेको क्रस पासमा कप्तान सुजल श्रेष्ठको प्रहार पोलमा लागेर फर्किदा विमलले आकर्षक गोल गरेका थिए ।

निक्कै प्रतिष्पर्धात्मक खेलमा सुरुवातदेखि नै दुवै टोली आक्रमक देखिन्थे । यसअघि दुवै टिमले गोल गर्ने थुप्रै अवसरहरु गुमाएका थिए ।

खेलमा मनाङका कप्तान सुजल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनलाई ७ हजार रुपैयाँ प्रदान गरियो ।

फाइनल खेल सोमबार हुनेछ ।