Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

उपाधि हाेडमा चेल्सी बलियाे, स्टामफाेर्ड ब्रिजमा अार्सनल पराजित

Saturday, February 4, 2017 National Power

२२ माघ, लण्डन – इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर चेल्सीले आर्सनलमाथि शानदार जित हात पारेको छ ।

शनिबार भएको खेलमा चेल्सीले आर्सनलमाथि ३-१ को जित हात पारेको हो । यो जितसँगै चेल्सीले १२ अंकको दुरी बनाएको छ र उपाधि दाबेदारीलाई बलियो बनाएको छ ।

घरेलु मैदान स्टामफोर्ड बि्रजमा भएको खेलमा चेल्सीले १३ औं मिनेटमा नै एलोन्सोको गोलबाट अग्रता लिएको थियो । बाँकी दुई गोल भने दोस्रो हाफमा सम्भव भयो ।

५३ औं मिनेटमा इडेन हर्जाडले उत्कृष्ट गोल गरे । मध्यभागबाट एक्लै बल अघि बढाएका उनले आर्सनलका ५ खेलाडीलाई छक्याउँदै सुन्दर गोल गरे ।

खेलको ८३ औं मिनेटमा सेस फेब्रिगासले पूर्वक्लबविरुद्ध गोल गरे । तर, उनले सेलिब्रेसन गरेनन् ।

आर्सनलका लागि खेलको अन्त्यतिर जिराउडले गोल गरे तर, यो सान्त्वना गोल मात्र हुनपुग्यो ।

जितपछि चेल्सी २४ खेलबाट ५९ अंकका साथ शीर्ष स्थानमा छ । तेस्रो स्थानमा रहेको आर्सनलको ४७ अंक छ । समान अंक भएपनि गोल अन्तरका आधारमा टोटनहृयाम दोस्रो स्थानमा छ ।