Tuesday 7th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

बर्षकाे तेश्राे उपाधिकाे बाटाेमा मनाङ

Thursday, February 2, 2017 National Power

२० माघ, झापा – रमपम झापा गोल्डकपमा न्यूरोड टिम (एनआरटी)लाई फराकिलो अन्तरले हराउँदै मनाङ मर्स्याङदी क्लबले सेमिफाइनल यात्रा तय गरेको छ । बिहीबार भएको खेलमा उसले एनआरटीलाई ४-० को फराकिलो अन्तरले हरायो ।

योसँगै अब मनाङले सेमिफाइनलमा शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्ने भएको छ । खेलको सुरुआतदेखि नै मनाङले एनआरटीलाई दबावमा राखेको थियो । ६ जना राष्ट्रिय खेलाडीहरुसहित मैदान उत्रिएको मनाङ सामु एनआरटी निरीह बन्यो ।

खेलको २५ औं मिनेटमा मनाङका लागि निराजन मल्लले पहिलो गोल गरे । विदेशी खेलाडी ओलावालेको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए ।

त्यसको २ मिनेटलगत्तै सुशील लामाले मनाङका लागि अर्को गोलको गरे । ओलावालेकै पासमा उनले गोल गरेका थिए ।

खेलको ३४ औं मिनेटमा निराजन मल्लले व्यक्तिगत दोस्रो गोल गरे । र, खेललाई ३-० को स्थितिमा पुर्‍याए ।

दोस्रो हाफमा पनि मनाङले एनआरटीलाई दवावमा राख्न सफल भयो । ५९ औं मिनेटमा ओलावालेले गोल गरे । विशाल राईको पासमा उनले उत्कृष्ट गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच मनाङका खेलाडी रोहित चन्द घोषित भए । उनलाई नगद ७ हजार रुपैयाँ प्रदान गरियो ।