Tuesday 7th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

अभ्यासका लागि भारत जाने खेलाडीहरू छनाैट

Wednesday, February 22, 2017 National Power

काठमाडौं  – विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत केन्या विरुद्धको खेलको लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । आगामी फागुनमा हुने पाचौं चरण अन्तर्गत केन्यासँगको खेलको लागि नेपालले मंगलबार पारस खड्काको कप्तानीमा १९ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीका प्रतिनिधि ब्याङकेटपती राजु, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्कासहितको छनोट समितिले नेपाली टोलि छनोट गरेको हो । नेपाल र केन्याबीचको खेल आगामी फागुन २८ र ३० (मार्च ११ र १३ ) गते त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा हुने छ । केन्यापछि नेपालले छैटांै चरणमा हङकङसँग खेल्नेछ भने सातौं चरणमा युएईसँग खेल्नेछ ।

केन्यासँगको खेलअघि नेपाली टोली अन्तिम तयारी गर्न भारतको नोयडा जानेछन् । छनोटमा परेका नेपाली टोलि यही शुक्रबार नोयडा जानेछन् । त्यहाँ नेपालले तीन अभ्यास खेल खेल्ने छन्  । नेपाली टोली मार्च ३ मा स्वदेश फर्कने छन्  । भारत जाने नेपाली टोलीमा कप्तान पारस भने सहभागी हुने छैनन्  । पारस हालै मात्र एपेन्डिक्सको सल्यकृयापछि आराम गरिरहेका छन् ।

लिगमा चौथो चरणको खेल सकिदासम्म नेपाल ६ अंक सहित अंक तालिकाको छैटौं स्थानमा छ । नेपालले ८ खेलमा ३ मा जित र ५ खेल बेहोरेको छ । केन्या ८ अंक जोडेर लिगको पाँचौ स्थानमा छ । च्याम्पियनसिपको शीर्ष स्थानमा नेदरल्यान्ड, दोस्रोमा पपुवान्युगिनी, तेस्रोमा हंङकङ, चौथोमा स्कटल्यान्ड र पाँचौमा केन्या छन् । नेपालभन्दा पछि नामिबिया र यूएई छन् ।

छनोटमा परेका खेलाडीहरू
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल (उपकप्तान)
सागर पुन
सन्दिप लामिछाने
भुवन कार्की
शरद भेषावकर
आरिफ शेख
दिलिप नाथ
करण केसी
आशिफ शेख
बसन्त रेग्मी
शक्ति गौचन
अभिनाश कर्ण
सोमपाल कामी
सुनिल धमला
दिपेन्द्र सिंह ऐरी
राजेश पुलामी मगर
बिनोद भण्डारी
महेबुब आलम