Monday 6th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

युएइ र हङकङका कारण नेपालले इमर्जिङ कप खेल्न नपाउने

Wednesday, February 22, 2017 National Power

काठमाडौं -नेपाल एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भएको छ । एसीसीको बोर्ड बैठकले एकदिवसीय मान्यता प्राप्त देशलाई मात्र खेलाउने निर्णय गरेपछि नेपाल खेल्न नपाउने भएको छ

प्रतियोगितामा अव भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशका यु २३ टिम र अफगानिस्तानको राष्ट्रिय टोलीबीच मात्र प्रतिस्पर्धा हुनेछ ।

सुरुमा चार टेष्ट नेशनसहित ८ देश खेल्ने तय भएको थियो ।

हङकङ र युएईले आन्तरिक सेड्युल बिग्रिएका कारण नाम फिर्ता लिए लिएका छन् ।  अब एसीसी इमर्जिङ कपमा पाँच टोलीको सहभागिता रहनेछ ।

विश्व क्रिकेट लिग च्याम्पियनसीप खेलिरहेको नेपालका लागि इमर्जिङ कप एउटा अवसर मानिएको  थियो ।  ।

एसियन क्रिकेट काउन्सिल (एसिसी) ले एसियाको एसोसिएट राष्ट्रको स्तर वृद्धि गर्न सन् २०१७ मा इमर्जिङ नेसन्स कप क्रिकेट प्रतियोगिता आयोजना गर्दै छ ।