Tuesday 7th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

अत्याधुनिक ब्याडमिन्टन हलको शिलान्यास

Wednesday, February 15, 2017 National Power

४ फागुन,पोखरा  राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले आज पोखरा रङ्गशालाको हातामा निर्माण गरिने अत्याधुनिक ब्याडमिन्टन हलको शिलान्यास गर्नुभयो ।

करिब रु तीन करोड ५० लाखको लागतमा निर्माण गरिने अधिराज्यकै  नमुना हल निर्माण गर्न राष्ट्रिय खेलकूद परिषद्बाट ५० प्रतिशत प्राप्त हुने र बाँकी स्थानीयवासीबाट जनसहयोग परिचालन गरिने
सङ्घका जिल्ला अध्यक्ष डम्बरसिंह गुरुङले जानकारी दिनुभयो ।

शिलान्यासपछि बोल्दै सदस्य–सचिव विष्टले फेवातालको नामले चिनिने गरेको पोखरालाई अब खेलकुद नगरीको रुपमा चिनाउने गरी परिषद्ले उच्च प्राथमिकताका साथ व्यवस्थित र आधुनिक बनाउन पूर्वाधार विकासमा लगानी गर्न लागेको बताउनुभयो ।

अर्को वर्ष पोखरामा ३० खेल समावेश गरिएको राष्ट्रिय खेलकूद परिषद च्याम्पिनसीप प्रतियोगिता सञ्चालन गरिन लागिएको जानकारी दिँदै सन् २०१९ को फेब्रुअरीमा नेपालमा हुन लागेको दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनसहितका सात खेल पोखरामा सञ्चालन गरिने  विचार व्यक्त गर्नु भयो ।