Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

कतारमा कोरोनाको संक्रमण पुष्टि,सतर्कता अपनाउन दोहास्थित नेपाली दूतावासको अपिल

Sunday, March 1, 2020 National Power

काठमाडौं – कतारको दोहास्थित नेपाली राजदूतवासले कोरोना ९कोभिड–१९० भाइरसको संक्रमणबाट जोगिन त्यहाँ रहेका नेपालीहरूलाई अपिल गरेको छ । कतारका एक नागरिकमा कोरोनाको संक्रमण पुष्टि भएपछि आइतबार विज्ञप्तिमार्फत नेपालीहरूलाई सजग गराएको हो ।


संक्रमण देखिएपछि इरानबाट कतार फर्केका ३६ वर्षीय पुरुषलाई आइसोलेसनमा राखिएको छ । संक्रमीत व्यक्ति फर्केका जहाजबाट आएकाहरूलाई पनि कतारले क्वारेन्टाइनमा राखेको छ ।