Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

कोरोना प्रभाव स् दिल्लीका विद्यालय बन्द

Friday, March 6, 2020 National Power

नयाँदिल्ली — कोरोना भाइरस (कोभिड–१९)को प्रकोप बढ्दै गएपछि दिल्ली सरकारले ३१ मार्चसम्मका लागि कक्षा पाँचसम्म पढाइ हुने सबै प्राथमिक विद्यालयलाई बन्द गर्ने निर्णय गरेको छ ।दिल्लीका उपमुख्यमन्त्री एवं शिक्षामन्त्री मनीष सिसोदियाले बालबालिकामा कोभिड–१९ को संक्रमण फैलन नदिन सरकारी र निजी सबै प्राथमिक विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएका छन् । ‘बालबालिकामा भाइरस संक्रमण फैलन नदिन सरकारले ३१ मार्चसम्म सबै प्राथमिक विद्यालय बन्द गर्न आदेश जारी गरेको छ,’ सिसोदियाले ट्वीट गरेका छन् ।
दिल्लीसँगै जोडिएको गाजियावाद सहरमा बिहीबार थप एक जनामा कोरोना भाइरस पुष्टि भएसँगै बालबालिकामा संक्रमणको जोखिमलाई ध्यानमा राख्दै दिल्ली सरकारले विद्यालय बन्द गर्ने निर्णय लिएको हो । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३० नाघेको छ । बुधबार मात्र कोरोनाका २३ नयाँ बिरामी पहिचान भएका थिए ।

भारत भ्रमणमा आएका इटालीका २३ पर्यटकमध्ये १५ जनासहित बसका चालकलाई समेत संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै दिल्लीमा सोमबार पहिचान गरिएका एक संक्रमितको ६ जना आफन्तमा पनि भाइरस पुष्टि भएको छ। सोमबारै तेलंगनाका एक व्यक्तिमा पनि भाइरसको संक्रमण पुष्टि भएको थियो । यसअघि संक्रमण पहिचान भएका केरलाका तीन जना भने उपचारपछि निको भइसकेका छन् । कोरोना संक्रमित पुष्टि भएका दिल्लीका ती व्यक्ति अस्ट्रियाबाट एयर इन्डिया हुँदै आएकाले क्रु सदस्य र सँगै आएका अन्य यात्रुलाई पनि घरमै १४ दिनको क्वारेन्टाइनमा बस्न भनिएको छ ।

कोभिड–१९ संक्रमितको संख्यामा वृद्धि भएपछि भारतीय राष्ट्रपति रामनाथ कोविन्दले यस वर्षको फागु (होली)नमाउने घोषणा गरिसकेका छन् । ट्वीट गर्दै कोविन्दले बुधबार राष्ट्रपति कार्यालयमा होलीको कार्यक्रम नहुने बताएका हुन् । ‘सजगता र सुरक्षित उपायबाट हामीले ‘नोवल कोरोना भाइरस’ (कोभिड–१९) महामारी नियन्त्रणमा सघाउन सक्छौं । त्यसैले पूर्वसतर्कतास्वरूप राष्ट्रपति कार्यालयले होलीको कार्यक्रम आयोजना गर्ने छैन,’ कोविन्दले ट्वीट गरेका छन् ।

यसअघि बुधबारै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि होली कार्यक्रममा सहभागी नहुने जनाइसकेका छन् । मोदीले ट्वीटमार्फत विश्वभरका विशेषज्ञले कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्न भीडभाड नगर्न सल्लाह दिएकाले आफू होली कार्यक्रममा सहभागी नहुने बताएका हुन्।

यसैबीच, भारत सरकारले हालसम्म विदेशबाट आएका करिब ५ लाख यात्रुको कोरोना परीक्षण गरिएको र करिब २९ हजारलाई निगरानीमा राखिएको बताएको छ। भारतले विभिन्न मुलुकबाट आउने यात्रुलाई विभिन्न नाका र विमानस्थलमै कोरोना परीक्षण गर्नर्देखि कतिपय देशका नागरिकलाई तत्कालका लागि प्रवेशमै रोक लगाएको छ।