Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

दक्षिणपूर्वी एसियामा कोरोना देखिएको भन्दै सतर्कता अपनाउन डब्लूएचओको आग्रह

Thursday, March 5, 2020 National Power

काठमाडौं – भारत, इन्डोनेसिया र थाइल्याण्डले कोराना भाइरस (कोभिड १९ ) पुष्टि गरेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दक्षिण एसियाली देशहरूलाई सतर्कता बढाउन र रोकथामका उपायहरू सुनिश्चित गर्न आग्रह गरेको छ ।

डब्लूएचओका दक्षिणपूर्वी एसिया क्षेत्रका क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले एक विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् । डब्लूएचओले दक्षिण एसिया र दक्षिणपूर्वी एशियाका ११ वटा देशहरुलाई एउटा क्षेत्रमा समेटेको छ । ती देशहरुमा नेपाल, बंगलादेश, भुटान, कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलंका, थाइल्यान्ड, र पूर्वी टिमोर पर्छन् ।