Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

दुई हप्ताका लागि विद्यालय बन्द, हवाई उडान पनि कटौती

Tuesday, March 3, 2020 National Power

काठमाडौं –  कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट बहराइनसमेत प्रभावित भएपछि त्यहाँ रहेका नेपालीहरु त्रसित भएका छन् । बहराइनमा ३२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ । नेपालीहरु संक्रमित छन् कि छैनन् भन्नेचाहिँ खुलेको छैन । बहराइन नेपालीहरुका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमध्ये एक हो । बहराइनमा २० हजारभन्दा बढी नेपालीहरु रहेको अनुमान छ ।

बहराइन सरकारले संक्रमण फैलिन रोक्ने उपायस्वरुप सबै शिक्षण संस्थाहरु मंगलबारदेखि दुई हप्तासम्मका लागि बन्द गराएको छ । हवाई उडान पनि बन्द गरिएको छ । कोरोनाको त्रासले बहराइनका बजारहरु सुनसान छन् भने होटल क्षेत्र ठप्प छ । बहराइनमा होटल सञ्चालन गर्दै आएका काठमाडौंका ईश्वर पोखरेलले अनलाइनखबरसँग टेलिफोनमा कुरा गर्दै भने, ‘म काठमाडौंको ठमेलजस्तै यहाँको एरियामा होटल चलाउँछु । अहिले विदाको बेलामा पनि होटलहरुमा ग्राहकको चहलपहल छैन ।’