Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

दुई हप्ताका लागि विद्यालय बन्द, हवाई उडान पनि कटौती

Tuesday, March 3, 2020 National Power

काठमाडौं –  कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट बहराइनसमेत प्रभावित भएपछि त्यहाँ रहेका नेपालीहरु त्रसित भएका छन् । बहराइनमा ३२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ । नेपालीहरु संक्रमित छन् कि छैनन् भन्नेचाहिँ खुलेको छैन । बहराइन नेपालीहरुका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमध्ये एक हो । बहराइनमा २० हजारभन्दा बढी नेपालीहरु रहेको अनुमान छ ।

बहराइन सरकारले संक्रमण फैलिन रोक्ने उपायस्वरुप सबै शिक्षण संस्थाहरु मंगलबारदेखि दुई हप्तासम्मका लागि बन्द गराएको छ । हवाई उडान पनि बन्द गरिएको छ । कोरोनाको त्रासले बहराइनका बजारहरु सुनसान छन् भने होटल क्षेत्र ठप्प छ । बहराइनमा होटल सञ्चालन गर्दै आएका काठमाडौंका ईश्वर पोखरेलले अनलाइनखबरसँग टेलिफोनमा कुरा गर्दै भने, ‘म काठमाडौंको ठमेलजस्तै यहाँको एरियामा होटल चलाउँछु । अहिले विदाको बेलामा पनि होटलहरुमा ग्राहकको चहलपहल छैन ।’