Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

नयाँ दिल्लीमा पनि एकजनामा कोभिड-१९ देखियो,तेलंगानामा पनि अर्का एकजना भारतीयमा भाइरसको संक्रमण रहेको पुष्टि

Monday, March 2, 2020 National Power

दिल्ली — भारतको राजधानी नयाँ दिल्लीमा एकजना भारतीयमा कोभिड-१९ को संक्रमण रहेको पुष्टि भएको छ । यस्तै तेलंगानाका अर्का एकजना भारतीयमा समेत भाइरसको संक्रमण रहेको पुष्टि भएको भारतीय सरकारी सञ्चार संस्थान पीआईबीले जानकारी दिएको छ ।

पीआईबीका अनुसार दिल्लीमा भाइरसको संक्रमण देखिएका व्यक्ति केही समय अघि मात्रै इटालीबाट फर्किएका थिए भने तेलंगानाका व्यक्ति दुबाईबाट फर्किएका थिए। उनीहरु दुवैलाई निगरानीमा राखेर उपचार भइरहेको पनि पीआईबीले जानकारी दिएको छ।