Wednesday 17th December 2025

    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी

अन्तराष्ट्रिय

विभिन्न ठाउँमा आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या एक सय पुग्यो

१४ जेठ, – श्रीलङकाको विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी मृत्यु हुनेहरुको सङ्ख्या १०० पुगेको सरकारी अधिकारीले जानकारी दिएका छन् । प्रकोप व्यवस्थापन मन्त्रालयले अहिलेसम्म पनि ९९ जना हराइरहेको र खोजी तथा उद्धारकार्य जारी रहेको जनाएको छ । गत बिहीबार आएको अविरल बर्षा पछिको बाढी पहिरोले अहिलेसम्म देशभरका विभिन्न ठाउँमा दुई लाखभन्दा बढी मानिसलाई असर

हवाई आक्रमणमा परि ८० जनाको ज्यान गयो

१३ जेठ  – अमेरिकाले गरेको हवाई आक्रमणमा परि सिरियामा ८० जनाको ज्यान गएको छ । चरमपन्थी संगठन इस्लामिक स्टेट आइएसको नियन्त्रणमा रहेको शहर मायादीनमा अमेरिकाले कारबाही गरेको दावी गरेको छ । कारबाहीमा मारिने बालबालिकाहरु पनि रहेका स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अमेरिकी सेनाले पनि यस क्षेत्रमा हवाई आक्रमण गरेको पुष्टि गरेको छ

भारतले पाकिस्तानमाथि आक्रामक कारबाही गर्न सक्ने चेतावनी

१२ जेठ, काठमाडौं – अमेरिकाको गुप्तचर निकायले पाकिस्तानले सीमा क्षेत्रमा गरेको आक्रमणको बदलामा भारतले पाकिस्तानमाथि आक्रामक कारबाही गर्न सक्ने चेतावनी दिएको छ । सिआइएका प्रमुखले अमेरिकी कांग्रेसमा परमाणु शक्ति सम्पन्न दुवै छिमेकी देशबीच सीमा क्षेत्रमा भैरहेको गोलाबारीले संघर्षको रुप लिनसक्ने चेतावनी दिएको बिबिसीले जनाएको छ । सिआइए प्रमुखले अमेरिकी सिनेटको सशस्त्र सेवा समितिको बैठकमा भारत

बिस्फोटक आक्रमण हुँदा १९ जनाको ज्यान गयो, ५० घाइते

९ ,जेठ  –  बेलायतको म्यानचेष्टर शहरमा बिस्फोटक आक्रमण हुँदा १९ जनाको ज्यान गएको छ भने ५० जना भन्दा धेरै घाइते भएका छन् । सांगितिक कन्सर्टपछि विस्फोट भएको प्रत्यक्षदर्शीले जनाए । विस्फोटपछि प्रहरीले कन्सर्ट भएको वरपरमा हिँडडुल गर्न रोक लगाएको छ । विस्फोट कसले र किन गरायो भन्ने बारे पुष्टि भएको छैन । कन्सर्टमा एरियाना ग्राण्डले

अफगानिस्तानका चेकपोस्टहरूमा आक्रमण गर्दा २० अफगान सैनिकको मृत्यु

८  जेठ  – सशस्त्र जत्थाले दक्षिणी अफगानिस्तानका चेकपोस्टहरूमा आक्रमण गर्दा कम्तीमा २० जना अफगान सैनिकको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । आइतबार बिहानै अफगानिस्तानको जाबुल प्रान्तमा पर्ने सो जोय जिल्लाका सैनिक चेक प्वाइन्टहरूमा तालिबान समूहको हतियारधारी जत्थाले एक्कासि आक्रमण गरेको उक्त प्रान्तका गभर्नर विसमिल्लाह अफघानमललाई उद्धृत गर्दै प्रेस टिभीले जनाएको छ ।

आत्मघाती बम हमला हुँदा १८ जनाको मृत्यु, २० जना घाइते

७ जेठ, बग्दाद – इराकको राजधानी बग्दाददेखि दक्षिणी क्षेत्रमा प्रहरीलाई लक्षित गरी दुई ओटा आत्मघाती बम हमला हुँदा १८ जनाभन्दा बढीको मृत्यु भएको छ । शुक्रबार राति अबेर भएको आक्रमणमा परी अन्य २० जना घाइते भएका छन् । मृत्यु भएका र घाइतेमध्ये अधिकांश प्रहरी नै भएको गृह मन्त्रालयले जानकारी दिए । विस्फोटनका कारण प्रहरी कार्यालयको

फ्रान्सका नयाँ प्रधानमन्त्रीद्वारा पदभार ग्रहण

२ जेठ,पेरिस –  फ्रान्सका नवनियुक्त प्रधानमन्त्री एदोर्द फिलिपले सोमबार पदभार ग्रहण गर्नुभएको छ । उहाँले समाजवादी पार्टीका तर्फबाट प्रधानमन्त्री हुनुभएका बेर्नार्ड काजेनुभेलाई प्रतिस्थापन गर्नुभएको हो । पद हस्तान्तरण समारोह स्थानीय समयानुसार सोमबार अपराह्न दिउसो ३.५५ मा सुरु भएको थियो । बेर्नार्डले आयोजना गर्नुभएको पद हस्तान्तरण समारोहपछि शिर्ष दुई व्यक्तित्वकाबीचमा व्यक्तिगत कुराकानी पनि भएको थियो ।

फ्रान्सका वर्तमान राष्ट्रपतिको अन्तिम बैठक

२७ वैशाख, पेरिस – कार्यकाल सकिएर बिदाई हुन लागेका फ्रान्सका राष्ट्रपति फ्रास्वाँ अलान्दले बुधबार आफ्नो लागि अन्तिम भएको सुरक्षा परिषद्को बैठकको अध्यक्षता गर्नुभएको छ । उहाँले मन्त्रीहरू र सेनाका प्रमुखसँग पनि भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति अलान्दले यसै हप्ताको अन्त्यतिर नवनिर्वाचित राष्ट्रपति इम्यानुअल म्याक्रोँलाई पद हस्तान्तरण गर्नुहुने भएको छ । उहाँले पछिल्लो दुई हप्तामा निर्वाचनका

यमनमा हैजाबाट मृत्यु हुनेको सङ्ख्या चौतिस जना पुग्यो दुई हजारभन्दा बढी घाइते

२६ वैशाख, साना (यमन) – यमनमा हैजाका कारण विगत दुई हप्तामा मृत्यु् हुने नागरिकको सङ्ख्या ३४ पुगेको छ भने दुई हजारभन्दा बढी बिरामी भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले मङ्गलबार जनाएको छ । “हैजा तथा झाडाबान्तासम्बन्धी समस्याबाट अप्रिल २७ देखि मङ्गलबारसम्म यमनको राजधानी सानासहितका भूभागमा ३४ जनाको मृत्यु भएको र दुई हजार २२ जना बिरामी

तान्जानियामा स्कुल बस दुर्घटना हुँदा ३३ बालबालिकाको मृत्यु

२४ बैशाख, तान्जानिया – तान्जानियामा स्कुल बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ। मृतकमध्ये ३३ जना बालबालिका रहेका छन्। त्यस्तै दुईजना शिक्षक र एक चालकको पनि मृत्यु भएको छ। दुई विद्यार्थी गम्भीर घाइते भएका सीएनएनले लेखेको छ। दुर्घटना तान्जानियाको उत्तरी क्षेत्रमा रहेको कराटु जिल्लामा भएको थियो । दुर्घटनास्थल भिरालो पहाडी इलाकामा रहेको थियो भने