Friday 19th December 2025

    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस

भारतले पाकिस्तानमाथि आक्रामक कारबाही गर्न सक्ने चेतावनी

Friday, May 26, 2017 National Power

१२ जेठ, काठमाडौं – अमेरिकाको गुप्तचर निकायले पाकिस्तानले सीमा क्षेत्रमा गरेको आक्रमणको बदलामा भारतले पाकिस्तानमाथि आक्रामक कारबाही गर्न सक्ने चेतावनी दिएको छ ।

सिआइएका प्रमुखले अमेरिकी कांग्रेसमा परमाणु शक्ति सम्पन्न दुवै छिमेकी देशबीच सीमा क्षेत्रमा भैरहेको गोलाबारीले संघर्षको रुप लिनसक्ने चेतावनी दिएको बिबिसीले जनाएको छ । सिआइए प्रमुखले अमेरिकी सिनेटको सशस्त्र सेवा समितिको बैठकमा भारत र पाकिस्तानबीच बढ्दो सुरक्षा तनावबारे जानकारी गराएको हो ।

गएको वर्ष भारतमा भएको दुई चरमपन्थी आक्रमणपछि तनावपूर्ण बनेको सम्बन्ध यो वर्ष विग्रन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे । विशेष गरी भारतमा कुनै प्रकारको आतंकवादी आक्रमण भए यो अवस्था झनै बिग्रन सक्ने सिआइएको ठहर छ । भारतले आफ्नो भूमिमा हुँदै आएको चरमपन्थी हमलाको योजना पाकिस्तानमा बन्दै आएको आरोप लगाउँदै आएको छ ।

यदि सीमा क्षेत्रमा भैरहेको हमला कम भएमा साथै पठानकोट आक्रमणबारे अनुसन्धानमा प्रगति भएमा भने यहि वर्ष दुवै देशबीच वार्ता सुरु हुन सक्ने पनि आँकलन गरिएको छ । पछिल्लो केही समययता भारत र पाकिस्तान दुवैले एक अर्कालाई सीमा क्षेत्रमा संषर्घविरामको उल्लंघन गरिरहेको आरोप लगाउँदै आएका छन् ।