Monday 6th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

अन्तराष्ट्रिय

उत्तर कोरियाको एक सेटलाइटले पूरा अमेरिकालाई ध्वस्त पार्न सक्षम

४ बैशाख, एजेन्सी – आजकाल डोनल्ड ट्रम्पलाई उत्तर कोरियाको मिसाइल र परमाणु बमले सताइरहेको छ । तर अंतरिक्षमा प्योङ्याङको उपग्रहबाट विद्युतीय तरङ्गको एक प्रहारले पनि पूरा अमेरिकालाई ध्वस्त बनाइदिन सक्छ । अब अमेरिकी रक्षा विभाग यो खतरासँग जुघ्ने तयारी गरिरहेको छ । अमेरिकी रक्षा विशेषज्ञका अनुसार उत्तर कोरियासँग अमेरिकी पावर ग्रिडमा सेटलाइटबाट इलेक्ट्रोम्याग्नेटिक पल्स (इएमपी)

आत्मघाती कार बम हमला, सयको मृत्यु

३ बैशाख, – सरकारी नियन्त्रण भएको इलाकाबाट सिरियामा बसबाट बाहिर निस्किरहेका मानिसको समूहमाथि आत्मघाती कार बम हमला भएको छ जसमा कम्तीमा पनि सयजनाको मृत्यु भएको छ । बसमा दुई गाउँमा मानिसहरु थिए जो अन्य सुरक्षित स्थान जानका लागि प्रतिक्षारत थिए । विद्रोही र सरकारको नियन्त्रण भएको दुई–दुई इलाकाबाट करिब ३० हजार मानिसहरु निकालिनु पर्ने थियो

फुटबल खेलाडी चढेको बसलाई लक्षित गरी बम विस्फोट

३० चैत, – च्याम्पियन्स लिगको क्वाटरफाइनल खेल्नका लागि मैदानतर्फ गइरहेको बोरुसिया डर्टमण्ड फुटबल क्लबका खेलाडी चढेको बसलाई लक्षित गरी बम विस्फोट भएको छ। मंगलबार राति भएको विस्फोटमा डर्टमण्डका १ खेलाडी घाइते भएको प्रहरी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ। मोनाकोविरुद्ध खेल्न मैदानतर्फ जाँदै गरेका खेलाडी चढेको बसलाई लक्षित गरेर ३ विस्फोट गराइएको थियो। विस्फोटमा डर्टमण्डका

फ्रान्सको आप्रबासी क्याम्पमा भीषण आगलागी

२९ चैत – फ्रान्सको उत्तरी क्षेत्रमा रहेको आप्रबासी क्याम्पमा भीषण आगलागी भएको छ । १५ सय भन्दा बढी आप्रबासी रहेको क्याम्पमा आगलागी हुँदा टहरा नष्ट भएका छन् । आगलागीका कारण कम्तिमा १० जना घाइते भएका छन् । गत महिना फ्रान्सका अधिकारीले यो आप्रबासी क्याम्पमा द्वन्द्व रहेको बताएका थिए भने आगलागीका कारण क्याम्पका सबै टहरा नष्ट

इजिप्टको छुट्टाछुट्टै विस्फोटमा कम्तीमा ३७ जनाको मृत्यु १०० भन्दा बढी घाइते

२८ चैत्र, इजिप्ट – आइतबार गराइएका विस्फोटमा इजिप्टको छुट्टाछुट्टै दुई स्थान चर्चमा  कम्तीमा ३७ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको इजिप्टका अधिकारीले बताएका छन्। आक्रमणको इस्लामिक स्टेट (आईएस) समूहले आफ्नो अमाक न्युज एजेन्सीमार्फत् जिम्मेवारी लिएको छ। आइतबार नाइल डेल्टाको सहर टान्टामा रहेको सेन्ट जर्ज चर्चमा प्रार्थनाका लागि जम्मा भएका दर्शनार्थीलाई लक्षित गरी

स्टकहोम आक्रमणकारी पक्राउ

२७ चैत  – शुक्रबार राजधानी स्टकहोममा गराइएको लरी आक्रमणको घटनापछि पक्राउ गरिएका व्यक्ति हमलाकारी भएको विश्वास बढ्दै गएको स्विडेनको प्रहरीले जनाएको छ। प्रहरीले पत्रकार सम्मेलनमा पक्राउ गरिएका ३९ वर्षीय पुरुष उज्बेकिस्तानको भएको बताए। एउटा लरी मध्य स्टकहोममा मान्छेहरुको भीडमा र एउटा पसलमा ठोक्काइँदा कम्तीमा चारजनाको ज्यान गएको थियो भने १५ जना घाइते भएका थिए। यसअघि

सिरियामा सैन्य हमला गर्न ट्रम्पको आदेश

२५ चैत, सिरिया – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता भएको रासायनिक हतियार हमलामा सिरिया सरकारको हात भएको भन्दै त्यस्तो आक्रमण भएको शंका लागेको स्थानमा अमेरिका सैन्यले हमला गर्न आदेश दिएको बताएका छन् । केही दिन यता सिरिया सरकारले विद«ोहीको नाममा आम जनता माथि रासायिनक हतियार प्रयोग गरेको भन्दै यो अमेरिकी सुरक्षा नीति विपरित भएको

केमिकल अाक्रमणमा मर्नेेकाे संख्या ७२ पुग्याे

चैत २४, सिरिया – सिरियाको इदलिबमा मङ्गलबार भएको विषाक्त ग्यास आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ । मृत्यु हुनेमध्ये २० जना बालबालिका र १७ जना महिला रहेको अधिकारवादी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइटसले जनाएको छ । अझै केही व्यक्ति बेपत्ता भएकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने सो संस्थाले जनाएको छ ।

हतियारकाे नयाँ रूप केमिकल, सिरियामा ५८ काे मृत्यु

२२ चैत, काठमाडौं – सिरियामा विद्रोहीहरुको नियन्त्रणमा रहेको इदलिब शहरमा भएको संदिग्ध रासायनिक हमलामा कम्तिमा ५८ जना मारिएका छन् भने दर्जनाैं घाइते भएका छन् । मानवअधिकारवादी संगठनहरुका अनुसार खान शेखौनमा सिरियाली सरकार र रुसी जेटको हमलामा यति ठूलो हताहति भएको हो । उनीहरुको मृत्यु निसास्सिएर भएको बताइएको छ । राष्ट्रपति बशर अल असदका विरोधिहरुको स्थानीय

कोलम्बियामा मृत्यु हुनेको सङ्ख्या २५४ पुग्यो

२२ चैत, कोलम्बिया –  कोलम्बियामा विनाशकारी पहिरोमा परी मृत्यु हुनेहरुको सङ्ख्या २५४ पुगेको छ । मोकमोआमा भएको घटनामा परी मृत्यु भएकामध्ये ४३ जना बालबालिका रहेका छन् । अन्य २०० जना घाइते भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । स्वास्थ्यकर्मीहरुले बाढी प्रभावित क्षेत्रमा विभिन्न रोगको प्रकोप फैलिनसक्ने भएकाले पूर्व सतर्कता अप्नाउन आह्वान गरेका छन्।राष्ट्रपति जोन म्यानुअल