Friday 19th December 2025

    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी

अफगानिस्तानका चेकपोस्टहरूमा आक्रमण गर्दा २० अफगान सैनिकको मृत्यु

Monday, May 22, 2017 National Power

८  जेठ  – सशस्त्र जत्थाले दक्षिणी अफगानिस्तानका चेकपोस्टहरूमा आक्रमण गर्दा कम्तीमा २० जना अफगान सैनिकको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
आइतबार बिहानै अफगानिस्तानको जाबुल प्रान्तमा पर्ने सो जोय जिल्लाका सैनिक चेक प्वाइन्टहरूमा तालिबान समूहको हतियारधारी जत्थाले एक्कासि आक्रमण गरेको उक्त प्रान्तका गभर्नर विसमिल्लाह अफघानमललाई उद्धृत गर्दै प्रेस टिभीले जनाएको छ ।
आक्रमणपछि तालिबानले आफ्नो वेबसाइटमार्फत उक्त घटनाको जिम्मेवारी लिएको छ । पछिल्ला दिनहरूमा अफगानिस्तानमा तालिबानको आक्रामक गतिविधिमा निकै वृद्धि भएको बताइन्छ ।