२२ बैशाख, रमोगादिसु – सोमालियाका एक मन्त्रिको गोली प्रहारबाट ज्यान गएको छ । अज्ञात व्यक्तिको गोली प्रहारबाट सोमालियाका सार्वजनिक कार्य र पुननिर्माण मन्त्री अब्बास अब्दुल्लाही शेख सिराजीको बुधबार बेलुका मृत्यु भएको हो । त्यहाँको राष्ट्रपति कार्यालयनजिकै बन्दुकधारीले उनको हत्या गरेको सूचना तथा सञ्चारमन्त्रीले पुष्टि गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।सुरक्षा निकायले घटनाको अनुसन्धान गरिरहेका
२० बैशाख – बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) को आक्रमणमा परि सिरियामा सर्वसाधारण नागरिकसहित कम्तिमा ३० जनाको ज्यान गएको छ । इराकसँग सीमा जोडिएको सिरियाको उत्तर पूर्वी क्षेत्रमा आइएसका लडाकुको आक्रमणमा परि सर्वसाधारण नागरिक र कुर्दिस लडाकु गरी ३० जना भन्दा बढीको ज्यान गएको बिबिसीले जनाएको छ । विस्थापित भएका सिरियाली नागरिक तथा इराकी शरणार्थीका
१९ बैशाख – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनलाई भेट्न चाहेको बताए । आफूले उत्तर कोरियाका नेता किमलाई भेट्न चाहेको र अहिलेको अवस्थामा त्यो आफ्ना लागि सम्मानको कुरा हुने ट्रम्पको भनाई छ । समाचार संस्था ब्लुमबर्गसँगको कुराकानीको क्रममा राष्ट्रपति ट्रम्पले किमलाई भेट्ने अवसर मिले आफूले पक्कै भेट्ने बताए । यसअघि आइतबार उनले
१७ बैशाख, विश्केक – दक्षिण किर्गिजस्तानको ओस प्रान्तको अयु गाउँमा शनिबार गएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको किर्गिजस्तानको विपद् व्यवस्थापन मन्त्रालयले जनाएको छ । शनिबार राति पहिरो गएको र सात घरहरु पुरेको, छ घरका २० जनभन्दा बढी मानिस पहिरोमा पुरिएका प्रहरीले पुष्टि गरेको छ। अर्को एक घरमा रहेका चारजना पनि बेपत्ता रहेको खबर
१४ बैशाख, – अमेरिकाले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने भएको छ । परमाणु कार्यक्रम तथा लगातारको मिसाइल तथा परमाणु परीक्षणका कारण राष्ट्रपछि डोनाल्ड ट्रम्प प्रशासनले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने तथा कुटनीतिक कदम चाल्ने तयारी गरेको हो । उत्तर कोरियाको बारेमा ह्वाइट हाउसले सिनेटलाई विशेष ब्रिफिङ गर्दैछ । उत्तर कोरियाको विषयमा ट्रम्पको नयाँ
१३ बैशाख,अमेरिका – अमेरिकामा आप्रवासीहरुलाई नियन्त्रणमा लिएर फिर्ता गराउन अस्वीकार गर्ने शहरलाई संघीय अनुदान नदिने राष्ट्रपतिको योजना एकजना न्यायाधीशले रोकिदिएका छन्। तर यो आदेशलाई ह्वाइट हाउसका चिफ अफ स्टाफ राइन्स प्रिबसले ‘बहुलठ्ठी’ भएको टिप्पणी गरेका छन्। सातवटा मुस्लिम बाहुल्य मुलुकबाट आप्रवासीहरुको प्रवेशलाई कटौती गर्ने ट्रम्पको योजनामा पछिल्लो आदेश अर्को कानूनी धक्का हो। ट्रम्प प्रशासनले फौजदारी
८ बैशाख, काठमाडौं – पेरिसमा भएको आतंककारी हमलामा एक प्रहरी अधिकारीलाई गोली हानी हत्या गरिएको छ भने दुई जना घाइते भएका छन् । उक्त आक्रमणपछि भाग्न खोजेको शंकास्पद बन्दुकधारीलाई फ्रान्सको प्रहरीले गोली हानी मारेको बीबीसीले जनाएको छ । समाचारअनुसार एक एक्लो बन्दुकधारीले मध्य पेरिसको पर्यटकीय हिसाबले लोकप्रिय च्याम्प इलिसिसमा गाडीबाट ओर्लेर प्रहरी अधिकारीलाई गोली हानिएको
६ वैशाख – साउदीले आम माफी प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको जनाएको छ । गएको चैत १६ गते अर्थात मार्च २९ देखि तीन महिनासम्म साउदी सरकारले अवैधानिक रुपमा रहेकाहरुलाई आम माफी दिएको छ । प्रभावकारी भनिए पनि झण्डै एक महिनाको अवधिमा कति आप्रवासी आम माफी प्रक्रियामा सामेल भए भन्ने खुलाइएको छैन् । अभियानमा झण्डै १० लाख
५ वैशाख – उत्तर कोरियाले परमाणु परीक्षणलाई निरन्तरता दिने चेतावनी दिएको छ । उत्तर कोरियाका एक उच्च अधिकारीले प्योङयाङले परमाणु तथा मिसाइल परीक्षणलाई निरन्तरता दिने बताएको बिबिसीले जनाएको छ । पछिल्लो समय परमाणु तथा मिसाइल परीक्षण गर्दै उत्तर कोरिया आएको छ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि कुनै किसिमको परमाणु कार्यक्रम गर्न नपाउने गरी प्रतिबन्ध लगाएको
४ बैशाख, एजेन्सी – आजकाल डोनल्ड ट्रम्पलाई उत्तर कोरियाको मिसाइल र परमाणु बमले सताइरहेको छ । तर अंतरिक्षमा प्योङ्याङको उपग्रहबाट विद्युतीय तरङ्गको एक प्रहारले पनि पूरा अमेरिकालाई ध्वस्त बनाइदिन सक्छ । अब अमेरिकी रक्षा विभाग यो खतरासँग जुघ्ने तयारी गरिरहेको छ । अमेरिकी रक्षा विशेषज्ञका अनुसार उत्तर कोरियासँग अमेरिकी पावर ग्रिडमा सेटलाइटबाट इलेक्ट्रोम्याग्नेटिक पल्स (इएमपी)