Friday 19th December 2025

    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी

फ्रान्सका वर्तमान राष्ट्रपतिको अन्तिम बैठक

Thursday, May 11, 2017 National Power

२७ वैशाख, पेरिस – कार्यकाल सकिएर बिदाई हुन लागेका फ्रान्सका राष्ट्रपति फ्रास्वाँ अलान्दले बुधबार आफ्नो लागि अन्तिम भएको सुरक्षा परिषद्को बैठकको अध्यक्षता गर्नुभएको छ ।

उहाँले मन्त्रीहरू र सेनाका प्रमुखसँग पनि भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति अलान्दले यसै हप्ताको अन्त्यतिर नवनिर्वाचित राष्ट्रपति इम्यानुअल म्याक्रोँलाई पद हस्तान्तरण गर्नुहुने भएको छ ।

उहाँले पछिल्लो दुई हप्तामा निर्वाचनका बेला देशभित्रको सुरक्षा अवस्थाका बारेमा पनि छलफल गर्नुभएको उहाँको कार्यालयद्वारा जारी वक्तव्यमा जनाइएको छ ।

अलान्दले अन्य देशहरूसँगको सुरक्षा सम्बन्धका बारेमा पनि मन्त्री र सेना प्रमुखसँग कुराकानी गर्नुभएको वक्तव्यमा उल्लेख छ ।

सन् २०१२ को मेमा समाजवादी पार्टीका अध्यक्ष अलान्द राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । उहाँले आफ्नै पूर्वअर्थमन्त्री म्याक्रोँलाई पदहस्तान्तरण गर्न लाग्नुभएको हो ।

-Agency