Saturday 8th February 2025

    जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज    जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह    भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!    “ओई माया ओई” सार्वजनिक    ‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

हवाई आक्रमणमा परि ८० जनाको ज्यान गयो

Saturday, May 27, 2017 National Power

१३ जेठ  – अमेरिकाले गरेको हवाई आक्रमणमा परि सिरियामा ८० जनाको ज्यान गएको छ । चरमपन्थी संगठन इस्लामिक स्टेट आइएसको नियन्त्रणमा रहेको शहर मायादीनमा अमेरिकाले कारबाही गरेको दावी गरेको छ ।

कारबाहीमा मारिने बालबालिकाहरु पनि रहेका स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अमेरिकी सेनाले पनि यस क्षेत्रमा हवाई आक्रमण गरेको पुष्टि गरेको छ भने क्षतिको समीक्षा गरिरहेको जनाएको छ । संयुक्त राष्ट्रसंघको मानवअधिकार विभागका वरिष्ठ अधिकारीले भने लडाईमा सहभागी सबै देशको वायुसेनाले आक्रमणको समयमा नागरिक तथा सैनिक अड्डाको दुरीको बारेमा ध्यान राख्न अपिल गरेको छ ।

यसअघि गएको मार्चमा इराकको मसुलमा भएको अमेरिकी हवाई आक्रमणमा १ सय ५ जना भन्दा बढी नागरिकको ज्यान गएको अमेरिकी सेनाले पुष्टि गरेको थियो ।