Wednesday 12th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

यमनमा हैजाबाट मृत्यु हुनेको सङ्ख्या चौतिस जना पुग्यो दुई हजारभन्दा बढी घाइते

Wednesday, May 10, 2017 National Power

२६ वैशाख, साना (यमन) – यमनमा हैजाका कारण विगत दुई हप्तामा मृत्यु् हुने नागरिकको सङ्ख्या ३४ पुगेको छ भने दुई हजारभन्दा बढी बिरामी भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले मङ्गलबार जनाएको छ ।

“हैजा तथा झाडाबान्तासम्बन्धी समस्याबाट अप्रिल २७ देखि मङ्गलबारसम्म यमनको राजधानी सानासहितका भूभागमा ३४ जनाको मृत्यु भएको र दुई हजार २२ जना बिरामी भएका छन्” डब्लूएचओले भनेको छ ।

यमनमा यो वर्ष हैजा तथा दूषित पानीका कारण फैलिने रोगको सङ्क्रमणका कारण नागरिक ठूलो सङ्ख्यामा प्रभावित बनेको दोस्रो घटना हो ।

यमनमा भएका द्वन्द्वका क्रममा अस्पताल तथा स्वास्थ्य केन्द्रसमेत विस्थापित बनेपछि लाखौँ मानिसले आफ्नो स्वास्थ्य समस्यालाई भाग्यको जिम्मा लगाउन बाध्य छन् । लामो द्वन्द्वले खानेपानी आपूर्ति तथा मुहानहरू दूषित बनेका कारण सफा खानेपानीका लागि सङ्घर्ष गर्नुपर्ने स्थिति रहेको छ । विश्व खाद्य सङ्गठनका अनुसार यहाँका करिब एक करोड ७० लाख मानिसले आधारभूत खाद्यन्नको अभावमा बाँच्नु परेको छ ।

यमनमा सन् २०१५ यता सुरु भएको द्वन्द्वका कारण करिब सात हजार मानिसको मृत्यु भएको छ भने ३० लाखभन्दा बढी विस्थापित बनेका छन् ।