२०, असार – उत्तर कोरियाले अन्तरमहादेशमा मार हान्नसक्ने क्षमताको मिसाइल परीक्षण गरेको छ । जमिनमा आधारित मिसाइल प्योङयाङको हवाइ अड्डा नजिकबाट प्रहार गरिएको अमेरिकी सैन्य अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । मिसाइल ३७ मिनेटसम्म उडेपछि जापानको समुद्रमा खसेको अमेरिकी सेनाको प्यासिफिक कमाण्डले जनाएको छ । जापानले मिसाइल परीक्षणको निन्दा गर्दै उत्तर कोरियाको यस्तो गतिविधिले
१२, असार – कोलम्बियामा डुंगा डुब्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने २८ जना हराइरहेका छन् । उत्तर पश्चिम कोलम्बियामा १५० यात्रु सवार डुंगा डुबेको अधिकारीहरुले बताएका छन् । पर्यटकीय नगरी ग्वाटापे नजिकै रहेको कृत्रिम जलाशयमा डुंगा डुबेको थियो । दुर्घटनालगतै अन्य डुंगाले पीडितहरुको उद्दार प्रयास गरेका थिए भने सेनाको हेलिकोप्टर पनि पुगेको छ
१० असार – चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुआनमा पहिरो जाँदा एक सय भन्दा बढी मानिस बेपत्ता भएका छन् । पहाड खसेर गएको पहिरोमा सिनमो गाउँका झण्डै ४० घर पुरिएको स्थानीय अधिकारीले उद्धृत गर्दै चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । उद्धार तथा बेपत्ताको खोजी भइरहेको छ । पहिलोपछिको तस्बिरमा गाउँ पूरै पुरिएको देखिएको छ ।
७ असार – च्याम्पियन्स ट्रफि क्रिकेटको उपाधि पाकिस्तानले जितेपछि उसको पक्षमा नाराबाजी गरेका १५ जना भारतमा पक्राउ परेका छन् । भारतको मध्यप्रदेशमा पाकिस्तानको पक्ष तथा भारतको विपक्षमा नाराबाजी गरेको भन्दै मुस्लिम समुदायका १५ जनालाई पक्राउ गरिएको बिबिसीले जनाएको छ । उनीहरुमाथि देश द्रोहको मुद्दा चलाइएको छ । पाकिस्तानको पक्षमा नारावाजी गरेकोमा पक्राउ परेको यो पहिलो
७, असार – अल्जेरियामा एक व्यक्तिलाई आफ्नो सानो छोरालाई अग्लो भवनको झ्यालबाट बाहिर झुण्डाएको आरोपमा दुई वर्षको जेल सजाय सुनाइएको छ । ती व्यक्तिले अग्लो भवनमा रहेको आफ्नो फ्ल्याटको झ्यालबाट बाहिर झुण्डाएर तस्बिर खिचेका थिए । उनले यो तस्बिर फेसबुकमा लाइक्सका लागि खिचेका थिए । उनले यो तस्बिरको क्याप्सन लेखेका थिए ‘१००० लाइक्स या मैले
६, असार – दक्षिणी थाइल्याण्डमा सोमबार भएको बम विस्फोटमा परी छ सैनिकको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका प्रहरीले स्रोतले जनाएको छ । थाइल्याण्डको राजधानी बैंककबाट १ हजार ५५ किलोमिटर दक्षिणमा पर्ने पत्तानी प्रान्तको थुङयाङ दाएङ सडकमा स्थानीय आतङ्ककारीहरुले बम आक्रमण गरेका थिए । छ सैनिकको मृत्यु हुनको साथै अन्य पाँचजना घाइते भएका छन्
५ असार, काठमाडौं – उत्तरी लन्डनको पिन्सबरी पार्कमा रहेको मस्जिद नजिकै एक भ्यानले पैदल हिँडिरहेका यात्रीहरूलाई ठक्कर दिँदा थुप्रै व्यक्ति घाइते भएको बीबीसीले जनाएको छ । घटनामा कसैको मृत्यु भए नभएको कुरा अझै थाहा हुन सकेको छैन । सेभन सिस्टर रोडमा भएको यो घटनामा संलग्न एक जना व्यक्तिलाई लन्डन पुलिसले गिरफ्तार गरेको छ । मुस्लिम
४ असार – अमेरिकी नौसेनाको पानी जहाज जापानको समुद्री क्षेत्रमा अर्को पानी जहाजसँग ठोक्किँदा हराएका चालक दलका सात सदस्य मृत अवस्थामा भेटिएका छन् । अमेरिकी नौसेनाको युएसएस फिट्जेरल्ड पानी जहाज सामान बोक्ने अर्को पानी जहाजसँग योकोसुकाको दक्षिण–पश्चिम तर्फको समुद्री क्षेत्रमा शनिबार ठोक्किँदा हराएका उनीहरुलाई उद्धारकर्मीले मृत अवस्थामा भेटाएको अमेरिकी नौसेना र जापानी सञ्चारमाध्यमले जनाएका छन्
३ असार, काठमाडौं -आफ्नो भाषा र स्वतन्त्रताको माग राखी दार्जीलिङमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनका क्रममा भएको झडपमा दुई जनाको मृत्यु भएको छ । प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएको गोर्खा जनमुक्ति मोर्चाले जनाएको छ भने घटनामा दुई समर्थकको मृत्यु भएको गोजमोका सचिव विनय तामाङले बताएका छन् । घटनामा आईआरबीका किरण तामाङको पनि मृत्यु भएको बताइएपनि पुष्टि
२ असार – बेलायतकी प्रधानमन्त्री टेरेजा मे ले पश्चिम लण्डनको एक भवनमा भएको आगलागीबारे छानबिन गर्न आदेश दिएकि छिन । आगलागीलाई दुःखान्त भन्दै प्रधानमन्त्री मे ले घटनाबारे अनुसन्धान हुनुपर्ने बताएकि हुन । प्रधानमन्त्री मेले दुर्घटनास्थलको छोटो भ्रमण गर्दै यसबारे बृहत र सार्वजनिक रुपमा अनुसन्धान गर्न आदेश दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।लण्डनको पश्चिमी क्षेत्र लाटिमर