Thursday 18th December 2025

    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी

अन्तराष्ट्रिय

इरानको संसद् भवन र सर्वोच्च नेताको निवासमा गोली चल्यो, केही घाइते

इरानको संसद भवन र सर्बोच्च नेता आयातुल्ला खोमेनीको प्रार्थानास्थलमा सशस्त्र आक्रमण भएको छ । इरानी समाचार एजेन्सीहरुका अनुसार एक हतियारधारी व्यक्तिगत संसद भवनभित्र छिरेर सुरक्षा गार्डमाथि गोली प्रहार गरेका थिए । उनी घाइते छन् । घाइतेहरुको सवालमा भने समाचार एजेन्सीहरुबीच विवादित तथ्यहरु आइरहेका छन् । त्यस्तै आधुनिक इरानका जन्मदाता आयातुल्लाह खोमेनीको निवासमा पनि गोली चलेको

ट्रक बम विस्फोटमा मारिनेको सङ्ख्या १५० पुग्यो

२४ जेठ, – काबुलमा विभिन्न देशको राजदूतावास र राजदूतावासका कर्मचारीको वासस्थानसमेत अवस्थित स्थानलक्षित गत हप्ता भएको बम विस्फोटमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १५० पुगेको अफगान राष्ट्रपति असरफ घानीले बताएका छन् । अफगानिस्तानको राजधानी काबुलमा भएको अन्तरराष्ट्रिय शान्ति सम्मेलनमा घानी उक्त जानकारी दिएका छन् । गत हप्ता भएको आक्रमण सन् २००१ पछि भएका हमलाहरुमा नै

अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रहमा कतारमाथि प्रतिबन्ध

२४ जेठ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आग्रहमा अरब देशले कतारसँगको सम्बन्ध ताडेको दाबी गरेको छ । आतंकवादीलाई सहयोग गरेर अरब क्षेत्रमा अस्थिरता कायम गरेको आरोप लगाउँदै साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया तथा माल्दिभ्सले कतारसँगको कुटनीतिक तथा राजनीतिक सम्बन्ध अन्त्य गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै यी देशले आफ्नो

कतारका विमानमाथि इजिप्ट र साउदी अरेबियाको प्रतिबन्ध

२३ जेठ – कतारसँग कुटनीतिक सम्बन्ध तोडेका इजिप्ट तथा साउदी अरेबियाले आफ्नो कदमलाई थप कडा पारेका छन् । इजिप्ट र साउदी अरेबियाले कतारका विमानलाई आफ्नो हवाई क्षेत्रमा उडन् नदिने भएका छन् । इजिप्ट र साउदी अरेबियाले कतारका विमानलाई आफ्ना हवाई क्षेत्र भएर उड्न नपाउने गरी प्रतिबन्ध लगाएका हुन् । यसअघि अरब क्षेत्रमा अस्थिरता बढाएको भन्दै

बरेलीमा बस र ट्रक एकआपसमा ठोक्किएर आगलागी हुँदा २० को मृत्यु १५ घाइते

२२ जेठ, भारत – भारत उत्तर प्रदेशको बरेलीमा ट्रक र बस एक आपसमा ठोक्किएर आगलागी हुँदा २० जनाको मृत्यु भएको छ भने करिब १५ जना घाइते भएका छन् । गएराति यूपी रोडवेजको बस ट्रकसँग ठोक्किएपछि आगो लागेको थियो । ठूलो आगोको कारण बसका सबै यात्रुहरु बाहिर निस्किन नसकेर २० जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

बेलायत आक्रमणमा संलग्न भएको आशंकामा १२ जनालाई पक्राउ

२२ जेठ – बेलायतको लण्डनमा भएको आक्रमणपछि स्थानीय प्रहरीले घटनामा संलग्न भएको आशंकामा अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सात जना महिला छन् । लण्डन ब्रिज र त्यस नजिकैको बजारमा गएराति भएको आक्रमणमा सात जनाको ज्यान गएको छ भने ४८ जना घाइते भएका छन् । घाइते मध्ये ३६ जनाको अस्पतलामा उपचार भइरहेको

लण्डन ब्रिजमा आक्रमण हुँदा एकको मृत्यु, ६ जना घाइते

२१ जेठ – बेलायतको लण्डनमा भएको आतंकाकारी आक्रमणमा एकजनाको ज्यान गएको छ । लोकप्रिय लण्डन ब्रिजमा आक्रमण हुँदा अन्य ६ जना घाइते भएका छन् । लण्डन प्रहरीले आक्रमणकारीको खोजी भइरहेको जनाएको छ । घटनापछि लण्डन ब्रिजमा ओहोरदोहोरमा रोक लगाइएको छ भने त्यस क्षेत्र भएर गुड्ने गाडीलाई डाईभर्सन गरिएको छ । प्रत्यक्षदर्शीले सडक पेटीमा हिँडिरहेका मानिसलाई

भारतमा भूकम्पको सामान्य झड्का

१९ जेठ – भारतको राजधानी दिल्ली र आसपासका क्षेत्रमा ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विज्ञान केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रविन्दु दिल्ली र हरियाणाको बीच भागमा रहेको केन्द्रले जनाएको छ । भूकम्पले पु¥याएको क्षति बारे जानकारी आउन बाँकी छ ।

अमेरिकाले आइसिबिएम विरुद्ध मिसाइल सुरक्षा प्रणालीको सफल परीक्षण गर्यो

१७ जेठ – अमेरिकाले अन्तरमहादेशिय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) विरुद्ध मिसाइल सुरक्षा प्रणालीको सफल परीक्षण गरेको छ । अमेरिकाले पहिलो पटक आइसिबिएम विरुद्ध सुरक्षा प्रणालीको सफल परीक्षण गरेको सरकारी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएको छ । क्यालिफोर्नियाको हवाई अड्डाबाट जमिनमा आधारित सुरक्षा प्रणालीको सफल परीक्षण गरिएको अमेरिकी मिसाइल सुरक्षा एजेन्सी (एमडिए) ले जनाएको छ ।

आँधीका कारण ११ जनाको ज्यान गयो, ६९ जना घाइते

१६ जेठ  – रुसमा आँधीका कारण कम्तिमा ११ जनाको ज्यान गएको छ ।  ६९ जना घाइते भएको रुसी सञ्चारमाध्यमले जनाएका छन् । यस्तै ५० जनाले चिकित्सा सहयोग माग गरेको खबरमा उल्लेख छ । आँधीका कारण सयौँ रुखहरु भाँचिएका छन् । यस्तै शक्तिशाली आँधी आउन सक्ने भन्दै  बंगलादेशमा १० लाख मानिसलाई सुरक्षित ठाउँमा सार्ने प्रयास भइरहेको