Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

अन्तराष्ट्रिय

मलेसियामा सांगीतिक कार्यक्रम गर्न गएका कलाकार अझै बेपत्ता , गायक राजेश पायल अपिल भिडियो सहित

काठमाण्डौ – इदको अवसरमा सांगीतिक कार्यक्रम गर्न पुगेका नेपाली कलाकारलाई मलेसियन अध्यागमनले पक्राउ गरेको छ विषयमा थप रहस्यमय बन्दैँ गएको गायक राजेश पायल राईले बताएका छन । गायिका सुनिता थेगिम, श्रेया राई, सुजन आङदाम्बेसहित स्थानीय कलाकार र आयोजक पक्राउ परेका थिए । मलेसियाको क्वालालम्पुरस्थित कोताया कम्प्लेक्समा भएको कार्यक्रममा अध्यागमले छापा मारी उनीहरुलाई पक्राउ गरेकोे समाचार

सारेगमप लिटिल च्याम्पको उपाधि सुगन्धालाई, प्रितम तेस्रो र आयुष चौथो

काठमाडौं – भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् । जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य तेस्रो भएका हुन् । अर्का नेपाली बालक आयुष केसी भने चौथो भएका छन् । फाइनलमा पुगेका ६ जनामध्ये सुगन्धा दातेले उपाधि जितेकी छन् । त्यसैगरी मोहम्मद कैफ दोस्रो भएका छन् । लिटिल च्याम्सको शीर्ष ६

पोर्चुगलको पोल्टामा नेसन्स लिगको उपाधि

काठमाडौं – पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्ड्सलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । गुन्जालो गुइडेसको गोलमा पोर्चुगलले उपाधि जित्न सफल भयो । दुवै टिमले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए । पोर्चुगलले दबावमा खेलेपनि जित दर्ता गराउन सफल भए ।

राफेल नाडाल फ्रेन्च ओपनको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता राफेल नाडाल फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सुक्रबार राति भएको खेलमा दोस्रो बरियताका स्पेनिस नाडालले तेस्रो वरीयताका स्वीस खेलाडी रोजर फेडेररलाई ३–० को सोझो सेटमा हराए । नाडालले फेडेररमाथि ६–३, ६–४ र ६–२ को जित निकालेका थिए । यससँगै नाडाल फ्रेन्च ओपनको १२औं उपाधि नजिक पुगेका छन् ।

पर्यटकहरु नासाको अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा जान पाउने

काठमाडौं – पर्यटकहरु आगामी वर्षदेखि नासाको अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा जान पाउने भएका छन् । यसका लागि पर्यटकले ३५ हजार डलर खर्च गर्नुपर्ने छ । स्पेस स्टेशनलाई पर्यटन र दोस्रो व्यापारिक कामको लागि खुला गर्न लागिएको अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ । हरेक वर्ष १२ जना निजी अन्तरिक्ष यात्री अन्तरर्राष्ट्रिय स्पेस स्टेशन जान पाउने बीबीसीले

ड्रिम विधेयक पास, आप्रवासीलाई अमेरिकी नागरिकता दिलाउने आश

काठमाडौं – अमेरिकी संसद्को तल्लो सदनले आधिकारिक कागजातबिनै अमेरिकामा बसिरहेका आप्रवासीलाई नागरिकताको बाटो खुलाउन सक्ने एक महत्वाकाङ्क्षी विधेयक पारित गरेको छ । डेमोक्र्याटिक पार्टीको बहुमत रहेको प्रतिनिधि सभाले ‘ड्रिम याक्ट’ नामले चिनिएको विधेयक पारित गरेको हो । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको माथिल्लो सदन, सिनेटले विधेयक पारित गर्नेमा शंका छ । राष्ट्रपतिको

त्रिन्दाजीको बयान :सम्बन्ध राख्न चाहन्थे तर, नेयमारले बलात्कार गर्‍यो

काठमाडौं – ब्रालियन फुटबल स्टार नेयमारमाथि बलात्कारको आरोप लगाएकी महिलाले टेलिभिजनमा आएकी छन् र १५ मेमा पेरिसको होटलमा भएको भनिएको घटनाबारे बेलिबिस्तार लगाएका छन् । नाजिला त्रिन्दाजी ब्राजिलकै हुन् । उनले शुक्रबार नेयमारविरुद्ध साउ पाओलो प्रहरीमा उजुरी दर्ता गरेकी थिइन् । नेयमारले भने आरोप खण्डन गरेका छन् । साथै आफूलाई निर्दोष प्रमाणित गर्न हृवाट्सएपमा भएको

मैदानमा उत्रिँदै बंगलादेश

काठमाडौं – विश्वकप क्रिकेटअन्तर्गत आज बंगलादेशले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । लण्डनमा आज बेलुकी नेपाली समयानुसार ६ बजेर १५ मिनेटमा बंगलादेशले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । दुवै टिमले आ–आफ्नो पहिलो खेलमा जित हात पारेका छन् । न्युजिल्यान्डले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि १० विकेटको जित हात पारेको थियो । यता, बंगलादेशले पनि आफ्नो पहिलो खेलमा बलियो टिम दक्षिण

हुवावेले अमेरिकी नागरिकलाई जागिरबाट निकाल्यो

अमेरिकालाई आफूलाई कालो सूचीमा राखेपछि चिनियाँ टेलिकम्युनिकेसन कम्पनी हुवावेले अमेरिकी नागरिकलाई जागिरबाट निकालेको छ। फाइनान्सियल टाइम्स पत्रिकाका अनुसार केही साताअघि नै हुवावेको केन्द्रीय कार्यालय सेञ्जेनमा काम गर्ने अमेरिकी नागरिकलाई जागिरबाट निकालेको हो। हुवावेका प्रमुख रणनीतिक आर्किटेक्ट दांग वेनसुवानलाई उद्धृत गर्दै उक्त पत्रिकाले रिसर्च एन्ड डेभलपमेन्ट विभागमा कार्यरत थुप्रै अमेरिकी नागरिकलाई दुई साताअघि नै फिर्ता पठाइएको

च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई

काठमाडौं – लिभरपुलले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा टोटनहृयामलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो । लिभरपुललाई उपाधि दिलाउन मोहमद सलाह र डिभोक ओरिगीले गोल गरे । सलाहले खेलको दोस्रो मिनेटमा नै पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । मौसा सिसोकोले हृयान्ड गरेपछि लिभरपुलले पेनाल्टी