Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सारेगमप लिटिल च्याम्पको उपाधि सुगन्धालाई, प्रितम तेस्रो र आयुष चौथो

Monday, June 10, 2019 National Power

काठमाडौं – भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् । जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य तेस्रो भएका हुन् । अर्का नेपाली बालक आयुष केसी भने चौथो भएका छन् ।

फाइनलमा पुगेका ६ जनामध्ये सुगन्धा दातेले उपाधि जितेकी छन् । त्यसैगरी मोहम्मद कैफ दोस्रो भएका छन् । लिटिल च्याम्सको शीर्ष ६ मा पर्दै तेस्रो भएका ११ वर्षीय आचार्य सुनसरीको इटहरी उपमहानगरपालिका ५ का हुन् । अर्का नेपाली बालक केसी भने भक्तपुरका हुन् ।

प्रतियोगिता नजिते पनि नेपालबाट जिटिभी रियालिटी शो को अन्तिम प्रतिस्पर्धासम्म पुगेका दुई बालकले ग्रान्ड फिनालेमा निर्णायक र पाहुनाहरुको मन भने जित्न सफल भएका छन् ।