Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

राफेल नाडाल फ्रेन्च ओपनको सेमिफाइनलमा

Saturday, June 8, 2019 National Power

एजेन्सी – साविक विजेता राफेल नाडाल फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सुक्रबार राति भएको खेलमा दोस्रो बरियताका स्पेनिस नाडालले तेस्रो वरीयताका स्वीस खेलाडी रोजर फेडेररलाई ३–० को सोझो सेटमा हराए । नाडालले फेडेररमाथि ६–३, ६–४ र ६–२ को जित निकालेका थिए । यससँगै नाडाल फ्रेन्च ओपनको १२औं उपाधि नजिक पुगेका छन् । नाडालले फाइनलमा शीर्ष वरीयताका सर्वियन खेलाडी नोभाक जोकोभिच र अष्ट्रेलियन डोमिनिक थेइमबीचको विजेतासँग खेल्नेछन् ।

यसैगरी महिलातर्फ चेककी मार्केटो भोनड्रोउसोभा र अष्ट्रेलियन एसिलेस बार्टी फाइनलमा प्रवेश गरेकालछन् । मार्केटोले बेलयाती जोहाना कोन्टालाई ७–५ र ७–६ सेटमा हराईन् । बार्टीले एनिसिमोभालाई ६–७, ६–३ र ६–३ को सेटमा हराउँदै फाइनलमा स्थान बनाईन् ।