Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

राफेल नाडाल फ्रेन्च ओपनको सेमिफाइनलमा

Saturday, June 8, 2019 National Power

एजेन्सी – साविक विजेता राफेल नाडाल फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सुक्रबार राति भएको खेलमा दोस्रो बरियताका स्पेनिस नाडालले तेस्रो वरीयताका स्वीस खेलाडी रोजर फेडेररलाई ३–० को सोझो सेटमा हराए । नाडालले फेडेररमाथि ६–३, ६–४ र ६–२ को जित निकालेका थिए । यससँगै नाडाल फ्रेन्च ओपनको १२औं उपाधि नजिक पुगेका छन् । नाडालले फाइनलमा शीर्ष वरीयताका सर्वियन खेलाडी नोभाक जोकोभिच र अष्ट्रेलियन डोमिनिक थेइमबीचको विजेतासँग खेल्नेछन् ।

यसैगरी महिलातर्फ चेककी मार्केटो भोनड्रोउसोभा र अष्ट्रेलियन एसिलेस बार्टी फाइनलमा प्रवेश गरेकालछन् । मार्केटोले बेलयाती जोहाना कोन्टालाई ७–५ र ७–६ सेटमा हराईन् । बार्टीले एनिसिमोभालाई ६–७, ६–३ र ६–३ को सेटमा हराउँदै फाइनलमा स्थान बनाईन् ।