Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

पर्यटकहरु नासाको अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा जान पाउने

Saturday, June 8, 2019 National Power

काठमाडौं – पर्यटकहरु आगामी वर्षदेखि नासाको अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा जान पाउने भएका छन् । यसका लागि पर्यटकले ३५ हजार डलर खर्च गर्नुपर्ने छ । स्पेस स्टेशनलाई पर्यटन र दोस्रो व्यापारिक कामको लागि खुला गर्न लागिएको अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ । हरेक वर्ष १२ जना निजी अन्तरिक्ष यात्री अन्तरर्राष्ट्रिय स्पेस स्टेशन जान पाउने बीबीसीले जनाएको छ ।

अन्तरर्राष्ट्रिय स्पेस स्टेशनका उपनिर्देशक रोबिन गेटेन्सले भनेका छन्, हरेक वर्ष छोटो अवधिको लागि निजी अन्तरिक्ष मिशन पठाइने छ । यस मिशनको खर्च निजी कम्पनीले व्यहोर्ने छ । नासाका अनुसार निजी अन्तरिक्ष यात्रीहरुलाई अन्तर्राष्ट्रिय स्पेस स्टेशनसम्म जानका लागि ३० दिन लाग्ने छ । उनीहरुलाई अमेरिकाको स्पेसक्राफ्टबाट यात्रा गराइने छ ।

अन्तरर्राष्ट्रिय स्पेस स्टेशन बाहिरी अन्तरिक्षमा अवस्थित छ । अन्तरिक्षसँग सम्बन्धी अनुसन्धान गर्नका लागि विकसित गरिएको थियो । यो पृथ्वीको नजिकको कक्षमा स्थापित छ । यो स्टेसन एक प्रकारको कृत्रिम उपग्रह हो, जहाँ मानिसहरु बस्छन्, काम गर्छन् र धेरै प्रकारका प्रयोग गर्दछन् ।

मुख्य लेखा अधिकारी जेफ डेविटले भनेका छन्नासा अन्तरर्राष्ट्रिय स्पेस स्टेशनलाई व्यवसायिक अवसरका लागि खुला गरिँदै छ । हामीले यस्तो पहिलोपटक गर्न गइरहेका छौं । निजी कम्पनीले नै क्रूमा को-को रहने भन्ने तय गर्ने छ र उसैले नै अन्तरिक्ष उडानका लागि तालिम तथा स्वास्थ्य सेवा उपलब्ध गराउने छ ।

नासाले यस कामका लागि इलोन मस्कको स्पेसएक्स र बोइङ्ग नामका दुई वटा कम्पनीलाई नियुक्त गरेको छ । स्पेसएक्सले आफ्नो ड्रागन क्याप्सुल प्रयोग गर्ने छ भने बोइङ्गले स्टारलाइनर नामको स्पेसक्राफ्ट बनाइ रहेको छ । यी कम्पनीले कुनै निजी अन्तरिक्ष यात्रीसँग त्यति नै भाडा लिने छ, जति उसले नासाका अन्तरिक्ष यात्रीहरुसँग लिने गरेको छ । अर्थात् हरेक उडान उसले ६ करोड डलरभन्दा बढी भाडा लिने छ ।

यसअघि नासाले स्पेस स्टेशनलाई कुनै व्यवसायिक प्रयोगमा रोक लगाएको थियो र उसका अन्तरिक्ष यात्री अन्य कम्पनीको अनुसन्धानमा भाग लिन पाउँदैनथे । यद्यपि नासा यस स्टेशनको मालिक होइन । अमेरिका र रुस मिलेर सन् १९९८ मा यसको निर्माण सुरु गरेका थिए । सन् २००१ मा अमेरिकी व्यापारी डेनिस टिटो अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा जाने पहिलो पर्यटक थिए । उनले दुई तर्फी यात्राका लागि रुसलाई दुई करोड डलर बुझाएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष पेश गरेको बजेटमा सन् २०२५ सम्म स्टेशनलाई सरकारी रकमबाट चलाउन बन्द गर्नुपर्ने उल्लेख गरेका थिए ।

यसै सन्दर्भमा नासाले गरेको यो नयाँ घोषणालाई स्टेशन पूर्णरुपमा निजीकरण गर्ने कदमको रुपमा लिइएको छ । यसैबीच स्पेस एजेन्सीले हालै सन् २०२४ सम्म फेरि चन्द्रमामा जाने योजना बनाइरहेको छ । यस पटक पहिलो महिला र दशकौंपछि पहिलो पुरुषलाई नासामा पठाइने छ ।