Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

ड्रिम विधेयक पास, आप्रवासीलाई अमेरिकी नागरिकता दिलाउने आश

Friday, June 7, 2019 National Power

काठमाडौं – अमेरिकी संसद्को तल्लो सदनले आधिकारिक कागजातबिनै अमेरिकामा बसिरहेका आप्रवासीलाई नागरिकताको बाटो खुलाउन सक्ने एक महत्वाकाङ्क्षी विधेयक पारित गरेको छ । डेमोक्र्याटिक पार्टीको बहुमत रहेको प्रतिनिधि सभाले ‘ड्रिम याक्ट’ नामले चिनिएको विधेयक पारित गरेको हो । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको माथिल्लो सदन, सिनेटले विधेयक पारित गर्नेमा शंका छ ।

राष्ट्रपतिको कार्यालय, ह्वाइट हाउसले पनि विशेषाधिकार प्रयोग गर्दै विधेयक असफल बनाउने धम्की दिएको छ । मङ्गलबार भएको मतदानमा तल्लो सदनका २३७ सदस्यले विधेयकको पक्षमा मतदान गरे भने १८७ विपक्षमा उभिए । पक्षमा रहेकामध्ये सात जना ट्रम्पको रिपब्लिकन पार्टीका हुन् । डेमोक्रेटिक पार्टीक कसैले पनि विपक्षमा मतदान गरेनन् ।

दुबै सदनले विधेयक पारित गरी राष्ट्रपतिले पनि स्वीकृत गरेको खण्डमा नाबालककै रूपमा अमेरिका आई बसोबास गरिरहेका युवाहरूले निश्चित मापदण्ड पूरा गरेपछि स्थायी बसोबासको अधिकार पाउँछन्, जुन अन्ततः नागरिकतामा परिणत हुनसक्छ । यसबाट अस्थायी संरक्षित अवस्था ९टिपिएस्० प्राप्त गरी अमेरिका बसोबास गरिरहेका नेपाली पनि लाभान्वित हुन सक्छन् । हालसम्म सयौं नेपालीलाई टिपिएस् खारेज भयो भने स्वदेश फर्कनुपर्छ भन्ने डर छ । सिनेटबाट विधेयक पारित हुने सम्भावना अत्यन्त न्यून रहे पनि डेमोक्रेटिक पार्टीले यसलाई एक उपलब्धिका रूपमा हेरेको छ । उसले आफ्नो बहुमत भएको सदन मार्फत् आप्रवासी समर्थकको अधिकारका लागि आफू प्रयासरत रहेको देखाउन खोजेको छ ।