Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

मलेसियामा सांगीतिक कार्यक्रम गर्न गएका कलाकार अझै बेपत्ता , गायक राजेश पायल अपिल भिडियो सहित

Monday, June 10, 2019 National Power

काठमाण्डौ – इदको अवसरमा सांगीतिक कार्यक्रम गर्न पुगेका नेपाली कलाकारलाई मलेसियन अध्यागमनले पक्राउ गरेको छ विषयमा थप रहस्यमय बन्दैँ गएको गायक राजेश पायल राईले बताएका छन ।

गायिका सुनिता थेगिम, श्रेया राई, सुजन आङदाम्बेसहित स्थानीय कलाकार र आयोजक पक्राउ परेका थिए । मलेसियाको क्वालालम्पुरस्थित कोताया कम्प्लेक्समा भएको कार्यक्रममा अध्यागमले छापा मारी उनीहरुलाई पक्राउ गरेकोे समाचार बाहिरिएको । पक्राउ परेका आयोजक र कलाकारलाई पुत्राजायामा रहेको अध्यागमनमा लगिएको छ ।

मलेसियामा सांगीतिक कार्यक्रम गर्नको लागि स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने नियम छ । तर नियम विपरीत सांगीतिक कार्यक्रम गर्न लागेकाले अध्यागमले कलाकार र आयोजकलाई पक्राउ गरेको बुझिएको छ । तर प्रक्राउ गर्नुको कारण भने खुलाइएको छैन । पक्राउ कलाकारहरुको विषयमा आज फेसबुक लाइभमा कुराकानी गदैँ चर्चित गायक राजेश पायल राईले उनीहरुको अवस्था अझै अज्ञात भएको जानकारी दिनुभयो ।


हेर्नुहोस भिडियो ।