Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

त्रिन्दाजीको बयान :सम्बन्ध राख्न चाहन्थे तर, नेयमारले बलात्कार गर्‍यो

Friday, June 7, 2019 National Power

काठमाडौं – ब्रालियन फुटबल स्टार नेयमारमाथि बलात्कारको आरोप लगाएकी महिलाले टेलिभिजनमा आएकी छन् र १५ मेमा पेरिसको होटलमा भएको भनिएको घटनाबारे बेलिबिस्तार लगाएका छन् । नाजिला त्रिन्दाजी ब्राजिलकै हुन् । उनले शुक्रबार नेयमारविरुद्ध साउ पाओलो प्रहरीमा उजुरी दर्ता गरेकी थिइन् ।

नेयमारले भने आरोप खण्डन गरेका छन् । साथै आफूलाई निर्दोष प्रमाणित गर्न हृवाट्सएपमा भएको कुराकानी सार्वजनिक गरेका छन् । त्यसको जवाफ दिन त्रिन्दाजीले टेलिभिजनलाई अन्तर्वार्ता नै दिएकी छन् । एसबीटी ब्राजिललाई दिएको अन्तर्वार्तामा उनले आफू नेयमारप्रति आकर्षित भएको र यौन सम्बन्ध राख्ने इच्छाले पेरिस पुगेको स्वीकार गरेकी छन् ।

नेयमारकै खर्चमा आफू पेरिस पुगेको उनले बताइन् । तर, भेटमा नेयमार म्यासेजमा कुरा गरे भन्दा भिन्न पाएको उनले बताइन् । उनकाअनुसार उनी सहमतिमै यौनसम्पर्क राख्न तयार भएकी थिइन् र नेयमारलाई कण्डम प्रयोग गर्न आग्रह गरेकी थिइन् । तर, नेइमारले कण्डम प्रयो गर्न अस्वीकार गरेको र आफूलाई बलात्कार गरेको उनको दाबी छ ।

उक्त घटना कुटपिट वा बलात्कार के थियो भन्ने प्रश्नमा त्रिन्दाजीले भनिन्, ‘त्यो कुटपिट र बलात्कार दुबै थियो ।’ यो घटनालाई लिएर एउटा भिडियो फुटेज पनि सार्वजनिक भएको छ, होटलका कोठाको उक्त फुटेजमा त्रिन्दाजी र नेयमारबीच विवाद भएको देखिन्छ ।

खाटमा बसिरहेकी महिलाले पुरुषलाई थप्पड हान्छन् र भन्छन्, म तिमीलाई कुट्न गइरहेको छु किनभने तिमीले मलाई हिजो पिटेका थियौं ।’ त्रिन्दाजीका अनुसार उनले नेयमारलाई दोस्रो पटक पनि भेटेकी थिइन् ।

टीभी अन्तर्वार्ताबारे नेयमारले कुनै प्रतिक्रिया दिएका छैनन् । तर, उनका बुवा नेयमार डस सान्तोषले होटलको कोठामा चिखिएको भिडियो बनावटी भएको र यसले नै आफ्नो छोरालाई निर्दोष प्रमाणित गर्ने बताएका छन् । यसअघि नेयमारको व्यवस्थापकले वक्तव्य निकाल्दै आरोपको खण्डन गरेका थिए ।