Saturday 20th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

ह्याप्पी होमलाई अधिकारीको सहयोग

Sunday, March 8, 2020 National Power

काठमाण्डौ – समाजसेवी वन्नको लागी धन मात्रै प्रयाप्त पनि होईन मन पनि फराकिलो हुन जरुरी छ त्यस्तै फराकिलो मनकी धनी हुन् दुवईमा कार्यरत रुमा अधिकारी । गत साता राजधानीमा रुमाले ह्याप्पी होमलाई रुपैया १० हजार सहयोग आर्थिक सहयोग गर्नु भएको छ । ईनास दुवईमा सदस्य समेत रहनु भएकी अधिकारीले कर्म थलो फर्किनु अघि उक्त रकम सहयोग गर्नु भएको हो । सहयोग रकम इनास एशिया संयोजक लोकराज अधिकारी लाई हस्तान्तरण गर्नु भएको थियो ।


ईनास एसियाका संयोजक अधिकारीले उक्त रकम ह्याप्पी होमकी संचालिका महिमा पोखरेललाई शुक्रवार नै हस्तान्तरण गर्नु भएको थियो । रुमाले यश अघि पनि संस्थालाइ चारसय दिराम सहयोग गर्नु भएको थियो ।

विगत एक दशक देखी निरन्तर रुपमा असाहाय वालवालिकाको शिक्षा दिक्षा, लालन पालन लगायत उज्ज्वल भविश्य निर्माणको लागी अहोरात्र कार्य गर्दै आईरहेको छ । संस्थाकी अध्यक्ष महिमा पोखरेलले समाजसेवी रुमा अधिकारीलाई हार्दिक धन्यवाद दिंदै रुमा लगायत ईनास परिवारले गरेको यस्ता सहयोगहरुले आफुलाई थप हौसला मिल्ने वताउनु भयो ।