Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

५५ सय हलमा लागेको ‘बाघी ३’ले पहिलो दिन कति कमायो ?

Monday, March 9, 2020 National Power

शुक्रबारबाट टाइगर श्राफ र श्रद्धा कपुर स्टारर चलचित्र ‘बाघी ३’ रिलिज भएको छ । भारतमा ४४ सय हलमा रिलिज भएको यस चलचित्रले अन्य देशहरुमा ११ सय हल पाएको थियो । ५५ सय हल पाएको यस चलचित्रको व्यापार उत्साह जनक छ । चलचित्रले शुक्रबार नै १८ करोड भन्दा माथिको व्यापार गरेको छ । भारितिय वक्स अफिस रिपोर्टका अनुसार यस चलचित्रको कमाई आक्रमक हो ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाको त्रासले यस चलचित्रको व्यापारमा खासै असर गरेको देखिएन । यद्यपी कोरोनाको त्रास नभएको भए चलचित्र अझै राम्रो कामई गर्न सक्ने धेरैको भनाई छ ।

समीक्षात्मक रुपमा पनि चलचित्रले राम्रो समिक्षा पाइरहेको छ । चलचित्रले आम-दर्शकलाई निकै मनोरञ्जन दिने समिक्षकहरु बताउँछन् । चलचित्रमा विशेषगरी टाइगरको एक्सनलाई दर्शकले रुचाउनेछन् । विषयबस्तु र त्यसको प्रस्तुती पनि राम्रो भएको समिक्षकको भनाई छ ।

एक्सन तथा थ्रिलर चलचित्र ‘बाघी ३’ लाई अम्हेद खानले निर्देशन गरेका छन् । चलचित्रमा सजिद नाडिअडवालाको लगानी छ ।