Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

कोरोना संक्रमितको संख्यामा कमी आएसंगै ऊहानमा खोलिएका सबै १६ अस्थायी अस्पताल बन्द

Wednesday, March 11, 2020 National Power

एजेन्सी –  नोबल कोरोनाभाइरस प्रकोपबाट सबैभन्दा प्रभावित ऊहानले सहरका सबै १६ अस्थायी अस्पताल बन्द गरेको छ । सोमबार दिनभर ऊहानमा १७ नयाँ विरामी मात्र भेटिएका थिए । जबकि एक महिना अघि फेब्रुअरी ९ मा सो सहरमा एक दिनमा १९२१ विरामी भेटिएका थिए ।

केन्द्रीय चीनको हुबेइ प्रान्तमा रहेको ऊहान सहरमा निर्माण भएका अधिकांश अस्थायी अस्पताल विगतका प्रदर्शनीस्थल वा रङ्गशालाजस्ता सावर्जनिक स्थललाई रुपान्तरण गरिएका थिए । तिनमा हल्का लक्षण देखिएका विरामीलाई उपचार गराउन प्रयोग गरिएको थियो । स्थानीय निकायका अनुसार, मंगलबार अन्तिम दुई अस्थायी अस्पताल बन्द गरिएको थियो । ऊहानका अस्थायी अस्पतालहरुले सबै गरेर १२ हजार बिरामीलाई हेरचाह गरेको प्रशासनले बताएको छ ।

चीनभरबाट आएका आठ हजारभन्दा बढी चिकित्सकीय स्टाफ संक्रमितको उपचारमा खटिएका थिए । ‘अस्थायी अस्पतालको गठनले धेरै बिरामीलाई उपचार गर्ने र संक्रमणको स्रोतलाई नियन्त्रण गर्ने जुन उद्देश्य लियो, त्यसमा सफलता हासिल गरेको छ,’ ऊहान युनियन अस्पतालका प्रमुख हु युले भने ।

वुच्याङ्ग होङशान रंगशालाबाट मङ्गलबार दिउसो ३ः३० मा अस्थायी विरामीको अन्तिम ब्याच डिचार्ज भए । अन्तिम व्याचमा ४९ विरामी थिए । उक्त रंगशाला सुरुमा अस्थायी अस्पतालमा रुपान्तरण गरिएका तीन सार्वजनिक स्थलमध्ये एक थिए ।

ऊहानको प्रशासनले फेब्रुअरी ३ मा उक्त घोषणा गरेको थियो । त्यो दिन ऊहानमा १२४२ नयाँ संक्रमितको पहिचान भएको थियो । अस्थायी अस्पतालले फेब्रुअरी ५ मा विरामी लिन थालेका थिए । ३५ दिने संचालन अवधिमा झण्डै ८६० चिकित्सकीय कमदारले त्यस अस्थायी अस्पतालमा विरामीको हेरचाह गरे ।

सुरुका दिनमा अस्पतालमा स्रोतको अभावदेखि विरामीबाट अविश्वाससम्मको चुनौती खडा भएको थियो । ‘तर ६ दिनपछि नै अस्पतालले पहिलो ब्याचका विरामीको डिस्चार्ज ग¥यो । त्यस सफलताले विरामी र स्वास्थ्य अधिकारी दुवैको आत्मविश्वास बढ्यो,’ वुच्याङ अस्थायी अस्पतालका सहायक निर्देशक छु जुनमेईले भने ।

अस्थायी अस्पतालबाट विरामी डिस्चार्ज हुने क्रम बढेपछि मार्च ३ मा हुवेई प्रान्तले प्रान्तका अस्थायी अस्पताल बन्द गर्दै जाने बताएको थियो । सबैभन्दा धेरै विरामीलाई हेरेको र सबैभन्दा धेरै विरामी उपचार गराएर घर फर्काएको जिनघान अस्थायी अस्पताल पनि सोमबार बन्द गरियो ।

विश्व स्वास्थ संगठनले अघिल्लो महिना एक रिपोर्टमा चीनको ‘कठोर कदम’ले ‘प्राणघातक महामारीको तीव्र विस्तारको मार्ग बदलेको’ बताएको थियो । ‘एक अज्ञात भाइरसको प्रकोपमाझ चीनले इतिहासकै सबैभन्दा महत्वकांक्षी, आक्रमक रोग नियन्त्रण प्रयास थाल्यो ,’ रिपोर्टमा भनिएको छ ।